14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

कर्णाली अब खर मुक्त प्रदेश : मुख्य मन्त्री शाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ८, २०७६  

हुम्ला ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई खर मुक्त बनाईने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्ला जिल्ला कमिटिको प्रथम बैठकमा सहभागी हुन हुम्ला पुगेका उनले कर्णाली प्रदेशमा खाना, नाना र छानाको आवश्यकता भएको बताएका हुन् । ‘

मुख्य समस्या भनेको गरिबी हो’ उनले भने,‘ प्रदेश सरकार जनताका आधातभूत आवश्यकता परिपुर्तिमा केन्द्रीत छ । कर्णालीका गाउँमा उत्पादन नहुने सामान बाहिरबाट ल्याएर भए पनि व्यवस्थापन गर्नु पर्ने समस्या प्रति उनले चिन्ता व्यक्त गरे । बैठकमा मुख्य मन्त्री शाहीले विद्यालय जाने बालबालिकाहरुको अवस्थाबारे जानकारी गराएका थिए । यसका साथै उनले भने, ’पहिलो कुरा खाना हो, त्यसपछि नाना हो तर, कर्णालीका अधिकांश स्थानीयको घरसमेत छैन ।

भएका पनि खरले छाएका छन् ।’ बैठकमा कर्णाली प्रदेशको मुख्य नारा ’खाना, नाना र छाना’ भएको मुख्य मन्त्री शाहीले जिकिर गरे । ’सुरक्षित बास स्थान चाहिन्छ’ उनले भने, ’जति विकास बजेट आउछ त्यसलाई दैनिक जीवनसँग जोड्यौँ ।’ बैठकमा कर्णाली प्रदेश मुख्य मन्त्री शाही, पार्टीका प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, पार्टीका नेता मायाप्रसाद शर्मा, प्रदेशको सामाजिक विकास मन्त्री दल रावल, प्रतिनिधि सभाका सदस्य छक्कबहादुर लामालगायत नेताहरू सहभागी थिए ।

प्रकाशित मितिः आइतवार, असार ८, २०७६     9:48:24 AM  |