14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

प्रजिअ बन्जाडेको नेतृत्वमा जुगाडखोला सफाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६  

जुम्ला ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको नेतृत्वमा जुगाडखोला सरसफाइ गरिएको छ । जिएमडी बोडिङ्ग नजिकैको पुल देखी बसन्ती होटलसम्म सरसफाइ गरिएको हो । बिहान ७ बजे बाटसुरु भएको सरसफाई कार्यक्रममा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रजव अलीमनिआर, नागरिक समाज जुम्लाका अध्यक्ष राजवहादुर महत लगायतका विभिन्न कार्यालय प्रमुख, सुरक्षा निकाय, पत्रकार लगायतको सयौँको टोलीले सदरमुकामको मुटुमा रहेको जुगाड खोला सरसफाइ गरिएको प्रमुख जिल्ला अधिकारी बन्जाडेले बताए ।सरसफाइ अभियानको अवसरमा सहभागीहरुलाई कुचो, खरेटो, माक्स र पञ्जा उपलब्ध गराईएको थियो ।

सरसफाइ पहिचान, शान, इज्जत र प्रतिष्ठा भएकोले यसको अपनत्व सबैले लिनु पर्ने प्रमुख जिल्ला अधिकारी बन्जाडेले भनाइ छ । स्थानीय र व्यापारीहरुले आआफ्नो घर आँगन र पसल अगाडि दैनिक सरसफाइ गर्ने बानिको विकास गर्ने हो भने बजार स्वत सफा हुने उनले जानकारी दिईन् । यसको लागि नगरपालिका सहित आम सरोकारवालाहरुले नीति बनाएर लाग्नु पर्नेमा बन्जाडेले जोड दिईन् । जुम्लाको मुटुमा रहेको जुगाडखोला दिनप्रतिदिन दुर्ग्न्दित हुँदै गएपछि प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे सहित सरोकारवाला निकाय जुगाडखोला सरसफाई अभियानमा जुटेका हुन ।

जागौं युवा कर्णाली नेपाल जुम्लाले जुम्ला बजार तथा जुगाडखोला सरसफाई अभियानको थालनी गरेको थियो । जुम्ला बजार फोहो मुक्त गरी सुन्दर र सफा नगर बनाउने अभियानमा नेपाली सेना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय सरसफाइमा जुटेका छन । जागौं युवा कर्णाली नेपाल जुम्लाका केही युवाले शुरु गरेको जुगाड खोला सरसफाई अभियान पछिल्लो समयमा प्रभावकारी बन्दै गएको जागाँै युवा कर्णाली नेपाल जुम्लाका अध्यक्ष हरिश रोकायाले बताए ।

प्रत्येक शनिबार सरसफाई गर्ने कार्यक्रम अन्तर्गत भएको शनिबारको सरसफाईमा जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे आफै सहभागी भएर फोहोर उठाउदै आएको देख्न पाउँदा खुसी लागेको अध्यक्ष हरिश रोकायाले जानकारी दिए । जागौं युवा कर्णाली नेपाल जुम्लाले थालेको प्रमुख जिल्ला अधिकारीले साथ दिनु भएको भन्दै युवाहरुले धन्यवाद दिएका छन । यस कार्यले झन युवाहरुमा उर्जा थपिएको अध्यक्ष रोकायाको भनाइ छ ।

जुम्ला बजारलाइ फोहोर मुक्त बनाउन नगरपालिकाले बेलाबखत सूचना प्रसारण गर्दै आएपनि जुम्ला बजार फोहोर मुक्त हुन सकेको छैन । जुम्लाका होटल तथा पसलका व्यापारीहरुले अटेरी गरि खोलामा फोहोर फाल्नाले बजार फोहोर मुक्त हुन नसकेको सरसफाइमा सहभागी अगुवाहरुले बताए छन । जागाँै युवा कर्णाली नेपाल जुम्ला र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा शुरु भएको अभियानले जुगाड खोलाको मुहार फेरिदै जान थालेको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६     9:32:34 PM  |