14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

ट्रिपरको ठक्करबाट पत्रकार गेलाङ्गको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ३०, २०७६  

सुर्खेत ।

तिव्र गतीमा रहेको टिपरको ठक्करबाट सुर्खेतमा एक पत्रकारको ज्यान गएको छ । बुधवार भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो । रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए ।

सुर्खेत पहिचान दैनिकका सम्पादकसमेत रहेका उनी पत्रिकाको काम विशेषले मेहलकुना जान लागेको आफन्तको भनाइ छ । सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा बस्दै पत्रकारिता गरिरहेका थिए । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाई छ । ठक्कर दिए लगत्तै फरार रहेका टिपर चालक धादिङ घर भएका सन्तबहादुर राईलाई बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेर सुर्खेत पु¥याएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ३०, २०७६     8:56:34 AM  |