29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

‘सिकलसेल बारे जनचेतना आवश्यक’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६  

कोहलपुर ।

थारु समुदायमा देखिने गरेको सिकलसेल एनिमिया रोगका बारेमा व्यापक जनचेतना आवश्यक रहेकोमा जोड दिईएको छ । थारु समुदायमा व्यापक रुपमा रहेको सिकलसेल बारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका हुन् । शनिबार बाँकेको बैजनाथ गाउँपालिकामा सम्पन्न सिकलसेल एनिमिया रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमका सहभागीले सिकलसेल बारे व्यापक जनचेतना आवश्यक रहेको बताएका थिए ।

सिकलसेल बारे जानकारी दिने र उन्मुलनका उपायबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा यस्तो बताईएको हो । शैक्षिक रुपमा पछि रहेको थारु समुदायमा व्यापक जनचेतनाका कार्यक्रम समुदाय स्तरमा लागुगर्नु पर्नेमा जोड दिईएको थियो । अभिमुखिकरण कार्यक्रमका प्रमुख प्रशिक्षक बाल रोग विषेशज्ञ डाक्टर रोमा बोराले सिकलसेल थारु समुदायमा आधारित बंशानुगत रोग भएको बताईन् ।

पछिल्लो समय सिकलसेल एनिमियाका बिरामी बढ्दै गएको पाईएकोले जनचेतना फैलाउन आवश्यक रहेको भनाई रहेको थियो । थारुमा समुदायमा परम्परागत सोचाईका कारण पिडित स्वास्थ्य संस्था सम्म नपुग्नु प्रमुख समस्याको रुपमा रहेको उनले बताईन् । डाक्टर बोराका अनुसार पछिल्ला केही समययता केही संख्यामा स्वास्थ्य संस्था सम्म पुग्ने गरेको भएपनि पनि सबै सिकलसेल एनिमियाका पिडित स्वास्थ्य संस्था सम्म नै नपुग्ने गरेको पाईएको छ । सिकलसेल एनिमिया सोसाईटीका अध्यक्ष प्रभुराम चौधरीले बाँके जिल्लामा सिकलसेल एनिमियाबाट पिडितको संख्या उल्लेख्य मात्रामा रहेको बताए ।

‘बाँके सहितका जिल्लामा ३ सय ६ जना बिरामीले स्वास्थ्य सम्म आएका छन्’ उनले भने, ‘जनचेनता अभावका कारण अधिकांश बिरामी अस्पताल नै पुग्दैनन् ।’ थारु समुदाय अहिले पनि धामी झांक्रीमा विस्वास गर्ने भएकोेले सिकलसेलका लक्षण देखा पर्ने बिरामी अस्पताल सम्म आउदैनन्, उनले भने । अध्यक्ष चौधरीले सोसाईटीले धामी झांक्री, समाजका बुद्धिजीवी र जनप्रतिनिधिलाई यस बारे अभिमुकरण गराउदै आईरहेको जानकारी दिए ।

यस्तै थारु बाहुल्य भएका बस्तीहरुमा पनि विभिन्न माध्यमबाट जनचेतना फैलाउने कार्यक्रम भईरहेको चौधरीको भनाई रहेको छ । सिकलसेल एनिमिया बंशानुगत रोग भएको हुनाले सिकलसेलबाट पिडित संगको विवाहलाई निरुत्साहित गर्नु पर्नेमा उनको जोड छ । विवाह गर्दा नै सिकलसेल भए नभएको विषयमा समेत रहन उनले सबैलाई आग्रह गरे । बैजनाथ गाउँपालिकामा अभियानको रुपमा जनचेतनामुलक कार्यक्रम गरिरहेको बताईएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     8:40:15 AM  |