14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

पर्यटकीय गुरुयोजनाको तर्जुमा गर्न विज्ञ टोली सिञ्जामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६  

जुम्ला ।  कर्णाली प्रदेश सरकारले कर्णालीको पर्यटकीय गुरुयोजना निर्माण गर्ने क्रममा विज्ञ टोली सिञ्जामा पुगेको छ । कर्णाली प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयले बनाउन थालेको गुरुयोजनाको योजना तर्जुमा गर्न विज्ञ टोली सिञ्जामा गई योजना तर्जुमा कार्यक्रम गरेको छ ।

कर्णाली प्रदेशको एकिकृत पञ्च बर्षिय पर्यटन योजना तर्जुमा कार्यक्रमका लागि जुम्लामा जैविक विविधता विज्ञ डाक्टर रोशन शेरचन, उद्योग, बन तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकाया सहितको टोली जुम्ला सदरमुकाम हुदै सिञ्जा क्षेत्रमा पुगेको होे । सिञ्जामा पुगेको पर्यटन मन्त्रालयको विज्ञ सहितको टिमले सिञ्जा क्षेत्र निर्वाचन क्षेत्र (ख)का गाउँपालिका सिञ्जा, कनकासुरन्दरी, हिमा र तिला गाउँपालिका जनप्रतिनिधी, सरोकारवाला निकायहरु र स्थानीयहरु सँग छलफल तथा अन्तरक्रिया मार्फत पर्यटकीय क्षेत्रहरुको लिपीवद्ध, तथा आवश्यक संरक्षण प्रवर्दन तथा पूर्वाधार विकासको विषयमा सूझाव संकलन गरेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए ।
उद्योग, वन तथा पर्यटन मन्त्रालयले विभिन्न जिल्लामा ६ वटा टोली खटाएर पहिले जिल्लागत रुपमा बृस्तृत रुपमा मस्यौदा ल्याउने र त्यसपछि अन्तिम रुप दिने उद्देश्यका साथ प्रदेश टोलीले अहिले पर्यटन गुरु योजना तर्जुमा गरिदै आएको विज्ञे टोली प्रमुख डाक्टर रोशन शेरचनले बताए ।

सिञ्जा प्रतिष्ठान ऐन बनाईनुपर्ने माग

सिञ्जा वासीहरुले सरकारले सिञ्जाको समग्र विकासका लागि ऐन निर्माण गरिनुपर्ने माग सहित गुरुयोजना तर्जुमा गरेका छन् । सिञ्जा गाउँपालिकाको नराकोटमा सम्पन्न योजना तर्जुमा गोष्ठीमा सिञ्जा क्षेत्रका र तिला गाउँपालिकाका जनप्रतिनिधीहरुले सिञ्जाको विकासका लागि स्थायी संरचना आवश्यक रहेको भन्दै गुरु योजनाको मस्र्यादा तयार गरेका छन् । नेपाल पर्यटन पत्रका महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले पनि सिञ्जाको एकिकृत विकासका लागि ऐन मार्फत जाने सूझाव दिएका छन् ।

स्थानीय शिक्षक देवराज धितालले अव कानून मार्फत नै गएपछि सिञ्जाको विकास हुने र टुक्रे योजनाले खास काम नगरेको भनाई छ । यसैगरी तत्कालिन समयको विशाल सिञ्जा साम्राज्यमा रहेको भग्नावशेषको पहिचान, संरक्षण, विराटदरवार, राजसभागृह लामाथाडा, कनकासुन्दरी मन्दिर, पाण्डगुफा देखी विभिन्न पुरातात्विक र ऐतिहासिक संरचनाहरुको उत्खनन, संरक्षाण र पूर्वाधार विकास गरी पर्यटकीय आकर्षण केन्द्र बनाउन सुझाव संकलन गरिएको विज्ञ शेरचनले बताए । यसैगरी सिञ्जा पर्यटकीय हेरिटेज संजाल निर्माण गर्न समेत माग गरिएको छ । योजना तर्जुमा कार्यक्रमका अध्यक्ष तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले सिञ्जा र पिछडिएको निर्वाचन – ख)को पर्यटकीय विकासको पूर्वाधार तयार भएमा आर्थिक समृद्धिमा निकै राम्रो हुने बताए । उनले तयार गरिएको गुरु योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

जुम्लामा जनप्रतिनिधीहरु सहित विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा जुम्लाका ऐतिहासिक, सास्कृतिक, धार्मिक र पुरातात्विक पर्यटकीय स्थलको नाम र यसको पूर्वाधार विकासका लागि आवश्यक योजना तर्जुमा गरिएको छ । यसैगरी जिल्ला सदरमुकाम जुम्लामा पनि यस अघि योजना तर्जुमा कार्यक्रम गरिएको छ । योजना तर्जुमा कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशको पर्यटन गूरुयोजना निमार्णको जिल्ला स्तरीय योजना तर्जुमाको गोष्ठीको उद्धघाटन गर्दै मेयर सेजुवालले कर्णाली सरकारले वनाउदै गरेको पर्यटकीय गुरु योजना समय अनुकुल भएको र प्रभावकारी हुनुपर्ने बताईन ।

उनले जुम्लाको चन्दननाथ मन्दिरका गिडीदह शङख दह पाण्डफ गुफा लगाय अन्य मठमन्दिरको सरक्षण र सम्र्वद्धनमा गर्न आवश्यक रहेको बताईएकी हुन् । गुरुयोजना मार्फत पर्यटकिय गन्तव्यका स्थलहरुको सरक्षण र सम्र्वद्धनमा अघि बढन लागेकोमा प्रदेश सरकारलाई धन्यवाद दिदै संरक्षणको अभावमा जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहासका कतिपय तथ्यहरू धरापमा पर्ने अवस्था उत्पन्न भएको मेयर सेजुवालले भनाई छ ।

उचित संरक्षण र उत्खनन्को अभावमा इतिहास नै नरहने अवस्थामा पुगेको भन्दै प्रदेश सरकारको ध्यान आर्कषण गराउनु भएको थियो । सिंजा उपत्यकामा रहेका पूर्व प्राचीनकालमा बनाइएका धार्मिक मठ, मन्दिर, गुफा, देवल, सिउ बाघ,चालचलन, रीतिरिवाजलगायत अहिले संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेकोले गूरुयोजना भित्रको सुचिमा राख्न जुम्लाबासीले अपिल समेत गरेका छन् । यसैगरी कनकासुन्दरी मन्दिर, पान्डवगुफा, बुढुमष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जन बढी साना ठूला देवी देउताका मन्दिरहरू जीर्ण भई ध्वस्त हुन लागेको भन्दै सरक्षण र सम्र्वद्धनमा लाग्नु पर्ने सहभागिको सूझाव छ ।

पातारासी गाउँपालिकाका प्रमूख लछिमन बोहोराले स्थानीय सरकारहरु पनी पर्यटकिय गन्तव्यका स्थलहरुको सरक्षण र सम्र्वद्धनमा लागेको बताउनु भयो । तातोपानी गाउँपालिकाका उपाध्यक्ष गंगादेवि उपाध्ययाले तातोपानी गाउँपालिका गूरुयोजना निमार्ण गरेको बताउनुभयो ।
स्थानीय खस भाषा जानकार रमानन्द आचार्यले प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्तवका हिसाबले कर्णाली प्रदेश धनी भएको बताउनुभयो । सरकारले पहिलो पटक कर्णाली क्षेत्रको पञ्च बर्षिय पर्यटन गुरुयोजना निर्माण गर्न लागेको र यसको दश बर्षिय भिजन हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६     2:59:38 PM  |