20 July 2024  |   शनिबार, साउन ५, २०८१

प्रदेश नं. २

स्कारपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु

स्कारपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु

    प्रकाशित मितिः बिहिबार, पुस २१, २०७९       |
बारा । स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ । दुई महिला घाइते भएका छन् । पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउँदै गरेको स्कोरपियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलम
बुबाको हत्या गर्न पाँच लाखको ‘सुपारी’, छोरा र ज्वाइँसहित तीन पक्राउ

बुबाको हत्या गर्न पाँच लाखको ‘सुपारी’, छोरा र ज्वाइँसहित तीन पक्राउ

    प्रकाशित मितिः बुधबार, पुस २०, २०७९       |
जनकपुरधाम । धनुषा मुख्यापट्टी मुसरनिया गाउँपालिका २ का ४० वर्षीय धनुखधारी दासलाई हत्या गर्न उनका २१ वर्षीय छोरा प्रदीप दासले पाँच लाखको सुपारी दिएको खुलेको छ । बुधबार धनुषा प्रहरीले उनको हत्यामा संलग्न तीनजनालाई सार्वजनिक गरेसँगै सुपारी दिएको खुलेको छ । हत्यामा उनको छोरा प्रदीप, ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराइन नगरपालिका २ का रञ्जित कुमार यादवलाई प्
प्रेमी बितेको चार दिनमा प्रेमिकाले पनि संसार त्यागिन्

प्रेमी बितेको चार दिनमा प्रेमिकाले पनि संसार त्यागिन्

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २२, २०७९       |
काठमाडौँ । सर्लाहीको हरिवन–११ मा एक जोडीले चार दिनको अंन्तरालमा संसार त्यागेका छन्। हरिवन ११ का २१ वर्षीय रोहित बानियाँले आत्महत्या गरेको चार दिनको दिन सोही ठाउँकी २० वर्षीया प्रमिता साहले पनि आत्महत्या गरेकी प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार गएको शनिबार रोहितले आफ्नै घरमा आत्महत्या गरेका थिए। प्रमिताको शव आज ९मंगलबार० बिहान आफ्नै घर
बाख्रा चराउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

बाख्रा चराउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

    प्रकाशित मितिः बिहिबार, कार्तिक १०, २०७९       |
बारा । बाराको जितपुरसिमरा उपमहानगर वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ५१ वर्षीय खातुन हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकामा सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। ‘हामीले रोक्दारोक्दै निषेधित
झडपपछि महोत्तरीको पररिया क्षेत्रमा कर्फ्यु

झडपपछि महोत्तरीको पररिया क्षेत्रमा कर्फ्यु

    प्रकाशित मितिः बिहिबार, कार्तिक १०, २०७९       |
काठमाडौं । हिन्दु सेना सम्राट् नामको संगठनले निकालेको मार्च पासमा झडप भएपछि स्थानीय प्रशासनले महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। दुई पक्षबिच भएको झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले चार बजेदेखि अनिश्चितकालिन समयका लागि सो क्षेत्रमा कर्फ्यु जारी गरेको हो। हिन्दु सेना सम्राट्का कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबिच दिनभर झडपहुँदा १० जना बढी घाइते भए।
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?

को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ८, २०७९       |
काठमाडौं । ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका थिए । त्यसको ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका छन् । उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिका ज्वाइँ हुन् । उनले २००९ मा अक्षता मूर्ति
म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ८, २०७९       |
वीरगञ्ज । पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो । असोज ५ गते बिहान ०७:१७ बजे पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नं. को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको
एकै दिन दुई ठाउँमा बाघको आक्रमण

एकै दिन दुई ठाउँमा बाघको आक्रमण

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २७, २०७९       |
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा एकै दिन दुई ठाउँमा बाघले आक्रमण गरेको छ। ती घटनामा दुई जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२३ स्थित हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको छ। भरतपुर २४ का ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरेको हो। स्थानीय ६० वर्षीय कृष्णबहादुर लामासँगै राप्ती नदी हेर्न
किशोरीलाई भारत लगेर आफन्तबाटै बलात्कार

किशोरीलाई भारत लगेर आफन्तबाटै बलात्कार

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २०, २०७९       |
एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ । रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर ल्याई प्रहरीमा उजुरी दिएको छ । रायको टीमका सदस्य बच्चालाल यादवले आफूहरु उद्धार गर्न भारतको सीतामढीसम्म गएको र त्यहाँ आफन्तबाटै बलात्कार भएको किशोरीले सुनाएक
दुई वटा मोटरसाइकल ठोकिँदा तीनको मृत्यु

दुई वटा मोटरसाइकल ठोकिँदा तीनको मृत्यु

    प्रकाशित मितिः शनिबार, बैशाख १०, २०७९       |
राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिबार दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेक
बारामा प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा ‘तस्कर’को मृत्यु

बारामा प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा ‘तस्कर’को मृत्यु

    प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७८       |
कलैया । प्रहरीको गोली लागेर बारामा एक गाँजा ‘तस्कर’को मृत्यु भएको छ । बुधबार राति सात/आठजनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२, महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाँजा तस्करको मृत्यु भएको बताइएको
पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

    प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८       |
महोत्तरी । हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गए राति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज १ च ११६४ नंको पिकअपले सोनमा–३ स्थि