पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रूपैयाँले घट्यो



काठमाडौँ ।

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३÷३ रूपैयाँ घटाइएको हो ।
यो सँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रूपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रूपैयाँ पर्नेछ ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १ सय ५७ रूपैयाँ ५० पैसा र मट्टितेलको १ सय ४३ रूपैयाँ ५० पैसा पर्नेछ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटाएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार