21 June 2021  |   सोमवार, असार ७, २०७८

प्रदेश नं. २

विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु

    प्रकाशित मितिः बुधबार, असार २, २०७८       |
सर्लाही : विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा ८ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए । मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६
प्रदेश २ को बजेटः कोरोना खोप र औषधिका लागि २० करोड विनियोजन

प्रदेश २ को बजेटः कोरोना खोप र औषधिका लागि २० करोड विनियोजन

    प्रकाशित मितिः मङ्लबार, असार १, २०७८       |
जनकपुरधाम । प्रदेश २ सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि खरिद गर्न २० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७८र०७९ का लागि सदनमा बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । उनले प्रदेशका सबै जनतालाई खोप उलब्ध गराउने घोषणा पनि गरेका छन् । जनकपुरस्थित मणिपाल शिक्षण अस्पताल र मधेस स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा आवश्यक उ
धेरै नदी तथा खोलामा बाढी : सचेत रहनआग्रह

धेरै नदी तथा खोलामा बाढी : सचेत रहनआग्रह

    प्रकाशित मितिः मङ्लबार, असार १, २०७८       |
काठमाण्डाै - हिजोदेखिको लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ । नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढे
ब्याड राख्ने बेलामा धानको बीउ अभावः भारतीय बजारमाथि किसान निर्भर

ब्याड राख्ने बेलामा धानको बीउ अभावः भारतीय बजारमाथि किसान निर्भर

    प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८       |
वीरेन्द्र कर्ण,वीरगञ्ज,  जेठ (रासस): स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ । धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरू भारतीय बजारमाथि निर्भर हुनु परेको हो । धानको ब्याड राख्ने समय शुरु भएपनि स्थानीय बजारमा बीउ नपाउँदा यहाँ किसानहरू चर्को मूल्यमा भारतीय बीउ खरिद गर्न बाध्य भएका छन् । विगतमा गुणस्तर परीक्षणबिना भा
दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

    प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८       |
सर्लाही,  जेठ (रासस) : दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका—२ का २४ वर्षीय जोगनार
अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

    प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८       |
राजविराज,  जेठ (रासस) : सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेको अव
तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

    प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८       |
काठमाडौँ - प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिनुभयो । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ । मौसमविद्हरूले आगामी साता
दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध फेला, तीन जना पक्राउ

दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध फेला, तीन जना पक्राउ

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
विराटनगर । मोरङमा दुर्घटनामा परेको मोटरसाइकलमाथि अनुसन्धान गर्दा प्रहरीले लागूऔषधका तीनजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरप
गण्डकीमा नयाँ ट्वीस्ट : मुख्यमन्त्रीको बिपक्षमा मनाङे

गण्डकीमा नयाँ ट्वीस्ट : मुख्यमन्त्रीको बिपक्षमा मनाङे

    प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८       |
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका
मुख्यमन्त्री राउत जसपा प्रदेश २ संसदीय दलको नेता चयन

मुख्यमन्त्री राउत जसपा प्रदेश २ संसदीय दलको नेता चयन

    प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८       |
जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा प्रदेश २ ले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मधेस भवनमा बसेको सांसदहरूको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेका हो । बहुमतको आधारमा राउतलाई नै दलको नेता चयन गरिएको एक सांसदले बताए । आजै प्रदेशसभा सचिवालयमा संसदीय दलको नेता चयन गरेको जानकारी गराउने पनि बताइएको छ । स्रोतका अनुसार द
बुवाको साथी हुँ भनेर बालिका अपहरण गर्ने पक्राउ

बुवाको साथी हुँ भनेर बालिका अपहरण गर्ने पक्राउ

    प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८       |
सप्तरी । सप्तरीमा बालिका अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा राजविराज नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय नविन देवलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। नवीन देवले बिहीबार साँझ पौने ६ बजे राजविराज नगरपालिका वडा नम्बर २ बस्ने सनोजकुमार दे
सङ्खुवासभाको तुम्लिङ्टारमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान

सङ्खुवासभाको तुम्लिङ्टारमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान

    प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८       |
खाँदबारी,  जेठ (रासस) पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाजले परीक्षण उडान गरेको छ । जहाजले काठमाडौँ–तुम्लिङ्टार परीक्षण उडान गरेको हो । तुम्लिङ्टार विमानस्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परीक्षण उडान गरेको बुद्ध एयर तुम्लिङ्टार कार्यालयका सिनियर अफिसर राजीव पोखरेलले बताउनुभयो । पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेसनलगायत बुध्द एयरका अपरेसन