बारा ।
सशस्त्र प्रहरी बलका पूर्व जवान अमरेशकुमार सिंहको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
असोज ८ गते राति साढे १२ बजे नेपाल—भारत दसगजामा अमरेशकुमार सिंह मृत भेटिएका थिए । मृतकले ६ महिना पहिले मात्रै सशस्त्र प्रहरीबाट राजिनामा दिएका थिए ।
सिंहलाई पचरौतानगरपालिका–१ स्थित पिपरपाती गाउँ नजिककै धारिलो हतियार प्रयोग गरेर घाँटी काटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्या आरोपमा ३ जनालाई पक्राउ गरिएको बाराका एसपी सुरेश काफ्लेले बताए ।
पक्राउ पर्नेमा पचरौतानगरपालिका–१ बस्ने ३५ वर्षीय श्यामलाल महतो उर्फ सामलाली, राजु साह र श्यामलालको भाइ जागृत उर्फ झोझा छन् । पक्राउ परेका तीन जना मृतकका छिमेकी हुन् ।
श्यामलालले धादिङमा बस्ने आफ्ना छोरा २० वर्षीय अधेशकुमार लाई बोलाएर कान्छा छोरा १६ वर्षीय धनेशकुमार र भारतीय नागरिक २१ वर्षीय राहुल साह कानुको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
मृतक अमरेशकुमार छिमेकमा अनैतिक सम्बन्धमा थिए । विवाहेत्तर सम्बन्धका कारण उनको हत्या भएको देखिएको छ । हत्यामा संलग्न ३ जना फरार जना फरार छन् ।
प्रतिक्रिया दिनुहोस्