नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ सालको चैत महिनामा बाँके प्रहरीले १३ लाख ५९ हजार तीन सय ५० रूपैयाँ बराबरको अवैध भन्सार छलिको सामानसहित तीन जना मानिस, एक जिप र तीन वटा मोटरसाइकल पक्राउ गरी सम्बन्धित निकाय पठाइएको जानकारी दिएको छ ।
यसैगरी एक सय सय २८ ग्राम दुई सय ४१ मिलिग्राम ब्राउन सुगर र दुई सय ४४ ग्राम चरेससहित १६ जना ओसार पसारकर्ताहरूलाई कानुनी दायरामा ल्याएको पनि प्रहरीले जनाएको छ । यसैगरी चैत महिनामै कुल एक सय ५८ वटा मुद्दा दर्ता भएकोमा एक सय ९३ जना व्यक्तीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जनाएको छ ।
५२ वटा पेण्डिङ मुद्दाहरू फछ्र्यौट गरेको, ५६ जना फरार अपराधी पक्राउ गरिएको जसबाट पाँच वर्ष सात महिना २९ दिन कैद र १८ लाख ८६ हजार सात सय आठ रूपैयाँ जरिवाना असुल उपर गरिएको पनि प्रहरीले जनाएको छ ।
चैत महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन तीन हजार सात सय २० वटालाई कारबाही गरी २९ लाख ५८ हजार राजस्व संकलन भएको पनि जानकारी दिइएको छ । चैत महिनामा भएको ७१ वटा सवारी दुर्घटनामा परेर सात जनाको ज्यान जानुको साथै एक सय २० जना घाइते भएका छन् ।
प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएका करिब तीन लाख चार हजार ६ सय ३५ मुल्य बराबरको ब्रोइलर कुखुरा र मासु आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको पनि जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्