थारु युवाहरुको स्वयंसेवक दस्ता गठन
प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२
|
तुल्सितपुर- थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीको नेतृत्वमा 'थारु युवा स्वयंसेवक' दस्ता गठन भएको छ। दाङको तुल्सिपुरमा आयोजित तीन दिने राष्ट्रिय भेलाले ११ सदस्यीय स्वयंसेवक दस्ता गठन गरेको हो। थरुहट थारुवान संयुक्त संघर्ष समितिले गर्दै आएको थारु आन्दोलनलाई सशक्त र निर्णायक बनाउन युवाहरु परिचालन गर्ने उद्देश्यले दस्ता गठन गरिएको भेलाले जनाएको छ। भेलाले देशभरिका जागरुक युवालाई यही दस्तामा ग