एमाले बाँकेको नेतृत्व चुनावबाट कि सहमतिबाट ?
प्रकाशित मितिः शनिबार, जेष्ठ ५, २०८१
|
नेपालगन्ज ।
नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ । महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेलगत्तै उनीसहित लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले कार्यकर्तापंक्तिलाई नयाँ उत्साहका साथ जनतामा जान निर्देशन दिए । एमालेलाई सबैले घेराबन्दी गरेको दाबी गर्दै नेताहरूले उक्त घेराबन्दी जनताको साथ लिएर तोड्न सकिने उल्लेख गरे ।
यो सहमतिबाट हुने वा चुनावबाट निश्