पर्वत । बढ्दो युवा पलायनका कारण खेतवारी बाँझै रहने अवस्था र भारतले गरेको नाकाबन्दीको कारण भइरहेको खाद्यान्न अभावलाई मध्यनजर गर्दै जिल्लामा जग्गा बाँझो नराख्ने अभियान सुरु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय र जिल्ला उद्योग बाणिज्य सङ्घ तथा विभिन्न कृषि सहकारीको पहलमा बाँझो जमिनमा बालीनाली लगाउन थालिएको हो । माटो दिवसको अवसरमा शनिबारदेखि कुश्मा नगरपालिका–१२ स्थित चुवाबाट सो अभियानको थालनी गरिएको छ । अभियानको सांसद कल्पना चापागाइँले हलो जोतेर उद्घाटन गर्नुभएको छ । लामो समयदेखिको नाकाबन्दीका कारण बजारमा खाने तेलको चरम सङ्कट देखिएको भन्दै खेतमा तोरी छरेर अभियान सुरु गरिएको हो ।
सो अवसरमा सांसद चापागाइँले बाँझो रहेको जमिनमा अन्नबाली लगाउन सके सँधैभरी अन्य मुलुकको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । बाझिँदै गरेको खेतवारीलाई सदुपयोग गरी अन्नबाली उत्पादन हुन सके खाद्यान्न संकटलाई हल गर्न सकिने विश्वासले अभियान थालिएको जिल्ला कृषि विकास का“जिल्लामा खाद्यान्न बाली उत्पार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।
दन गर्ने जग्गा बाँझो हुने क्रम बढेको छ” उनले भने । आफ्नै पाखोवारीमा अन्नबाली उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा फैलाउनका लागि जग्गा बाँझो नराख्ने अभियान सुरु गरिएको जिल्ला उद्योग बाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए ।
जिल्लामा रहेको झण्डै ५० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये अहिले मुस्किलले २५ हजार हेक्टरमा खेतीबाली हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्