16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

जीवन शर्माले गाउँदा थामिएन मन…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२  

  • चितवन–रक्तिम bd679a5126a49458ff5f388aef2a1190_Lसाँस्कृतिक अभियानका अगुवा जनवादी गायक जीवन शर्मा अहिले राष्ट्रिय अभियानमा छन् । गीत संगितले जनता जगाउन भन्दै रक्तिम समूह नाकाबन्दीको विरोधमा अभियान लिएर देश दौडाहामा निस्केको हो ।
    ‘सिमली छाँयामा बसी, भरिया लामो सास फेरेको
    उमेर भइसक्यो असी, झन ठुला दुख्खले घेरेको ।’

जीवन शर्माको यो गीत धेरै सुनिने प्रगतिशिल फाँटको गीत हो । नाकाबन्दी विरोधी गीत सुनाउँदै हिँडे पनि शर्मालाई यो गीत नगाए सुखै हुन्न। शनिबार भरतपुरको लंकूमा यो गीत गाउँदा एक वृद्धले मन थाम्न सकेनन र नाच्न उभिए। शर्माको मन छुने शब्द घोलिएको स्वर र वृद्धको नाच हेर्न ठूलै भिड जुटेको थियो।

भुइचालोले भत्काएको मन, दुखायो झनै नाकाबन्दीले
नेपालीले सास्ती खायो, इतिहासका गलत सन्धीले ।

अहिलेको नाकाबन्दी नेपालका सत्ताधारीले भारतसँग पटक पटक असमान सन्धीहरु गर्दा निम्तिएको शर्माको ठहर छ । यस्ता नाकाबन्दी र अफ्ठ्याराहरु आए पनि नआत्तिन उनले अपिल गरे । ‘अफ्ठ्यारो परेका बेलामा आत्तिए लडिन्छ । त्यसैले यो बेलामा आत्तिनु हुँदैन । विस्तारै सम्हालिन सक्नु पर्छ । समस्या के हो चिनेर समाधान खोज्न सरकारलाई दवाव दिनु पर्छ’ शर्माले भने ।

लेकमाथि फापर बारी, फापर खायो गाइले
संकटमाथि संकट आयो हाम्रो देशमा अहिले ।

देशको अवस्था बिग्रदै गएको तर सबै मिलेर अगाडी बढे देशलाई आत्मनिर्भर बनाउन सकिने अपिल गर्दै उनी जनतामाझ गीत गाउँने गर्छन् । मंसिर १४ गते पोखराबाट उनको अभियान सुरु भएको हो । पोखरा वरपर २५ स्थानमा देखाएपछि शुक्रबारबाट टोली नवलपरासी आएको हो । टोलीमा १० जना कलाकार छन् । शनिबार र आइतबार चितवनका १० ठाउँमा कार्यक्रम देखाएपछि पश्चिम लाग्ने शर्माले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२     4:21:39 PM  |