नेपाललाई दबाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिन प्रतिदिन आफ्नै मुलुकमा आलोचित हुँदैछन्



काठमाडौं, १७ मंसिर – नेपाललाई दबाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिन प्रतिदिन आफ्नै मुलुकमा आलोचित हुँदैछन्।

नेपालको मामलामा पछिल्लो पटक मोदीको आलोचना गर्ने नेताको सूचीमा उत्तर प्रदेश राज्यका मन्त्री आजम खाँ रहेका छन्। उनले नेपालजस्तो मित्र राष्ट्रलाई पनि विश्वासको दायरामा राख्न नसकेकोमा मोदीको कडा आलोचना गरेका छन्।

उनले भारतको विदेश नीतिको आलोचना गर्दै भने, ‘भारतको विदेश नीति यस्तो भइसकेको छ कि पाकिस्तानमात्र नभई नेपाल, श्रीलंका, चीन पनि दुश्मन बन्दै गइरहेका छन् ।’बुधबार गोरखपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा करिब ५० मिनेट खर्चिएका उनले अधिंकाश समय मोदीको आलोचना गरेका थिए। image khabar

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर १७ गते बिहीबार