सुर्खेत।
नेपाल लोकतान्त्रिक खेलकुद संघ सुर्खेतको अध्यक्षमा श्रीधर केसी निर्वाचित भएका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको प्रथम जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यस्तै उपाध्यक्षमा कम्मबहादुर अधिकारी, महिला उपाध्यक्षमा खगीसरा घर्ती, सचिवमा रमेश रायमाझी, कोषाध्यक्षमा शैलेन्द्र रेग्मी र सहसचिवमा विजय सुनार निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा नेत्रबहादुर चौधरी, जीवन ढकाल, राधा शाही, गणेश बुढा, गोविन्दबहादुर चन्द, डिला चपाई, जानकी विक, रोशन वली, पुष्पा खड्का, हर्कबहादुर सार्की, तिलक पुन, कुमार जिसी, हिक्मतबहादुर मल्ल र नन्दकला खत्री चयन भएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय प्रतिनिधि एवम् प्रदेश अध्यक्ष हरि विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस सुर्खेतका सभापति एवम् कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल थिए भने जिल्ला उपसभापति टोबहादुर रावत, जिल्ला सचिवद्वय देवकुमार सुवेदी, बालदीप कँडेल, सुर्खेत क्षेत्र नं १ का क्षेत्रीय सभापति झकबहादुर डाँगी, नगरसभापति उपेन्द्रबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्