कैलाली कारागारभित्र कैदीबन्दीबीच झडपः मृतकको पहिचान खुल्यो



कैलाली ।

कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका– ४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

अन्य कम्तिमा ४६ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । मृतक चौधरीमाथि लागूऔषधको मुद्दा थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ । झडपको भित्री कारण खुलेको छैन । तर कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको छ ।

एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार