बाँके ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा बाँकेको नेपालगन्ज आउँदैछन् । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा सहभागी हुन महामन्त्री थापा नेपालगन्ज आउन लागेका हुन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क र ख को संयुक्त आयोजनामा नेपालगन्ज– १२ मुक्तिपुरमा आयोजना हुने सम्मेलनका प्रमुख वक्ताका रूपमा महामन्त्री थापा आउन लागेको क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा सहभागिताका लागि महामन्त्री थापासहित सात जना केन्द्रीय सदस्यसमेत सहभागी हुँदैछन् । लिला प्यालेसमा आयोजना हुने सम्मेलनमा चारसय ७० जना क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहनेछ । यस्तै सम्मेलनमा जिल्लाका सम्पूर्ण पालिकाबाटसमेत पार्टी कार्यकर्ताको सहभागिता रहने सभापति गुप्ताले जानकारी दिए ।
उनले भने, ‘सम्मेलनको मुख्य आकर्षक थापा हुनुहुन्छ । अन्य नेतासमेत आउनुहुनेछ । जिल्लाभरका नेता कार्यकर्ताको सहभागिता रहनेछ ।’ आज बिहान जहाजमार्फत नेपालगन्ज विमानस्थलमा ओर्लिने महामन्त्री थापालाई काँग्रेसका नेता कार्यकर्ताले भव्य स्वागतसमेत गर्ने तयारी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्