18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

पार्टीले गरेको विश्वासलाई टुट्न दिन्नः उपाध्यक्ष उम्मेदवार गिता शाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १७, २०७९  

जाजरकोट ।

नेकपा (माओवादी केन्द्र)ले जाजरकोटको शिवालय गाउँपालीकाबाट सम्भवत देशकै कान्छी उम्मेदवारको रुपमा २२ वर्षिया गिता शाहीलाई उपाध्यक्ष पदमा उठाएको छ । शिवालयकै ईन्द्रज्योती माविबाट कक्षा १ देखी १० कक्षा पास गरेकी गिताले बिरेन्द्र माबी जुङ्गाथापाचौरबाट उच्च शिक्षा पास गरेकी हुन । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनिति शास्त्रमा स्नातक पुरा गरेकी शाही बिद्यार्थि जिवनकाल देखी नै राजनितीमा प्रबेश गरेकी थिईन ।

आफना हजुरबुवा टोप बहादुर शाही (बिद्रोही) को राजनितिबाट प्रभाबित भएकी शाही छोटो उमेरमै बिभिन्न किसीमका आन्दोलनहरुमा गिरफतारमा परि हिरासतको जिवन समेत बिताईसकेकी छिन । सानै देखी नै बिद्रोही स्वभाबकी गितालाई राजनितीमा लाग्ने प्रेरणाका श्रोतका रुपमा उनका बाबु पनि हुन ।

ससस्त्र प्रहरीबाट २०६१ सालमा अबकास प्राप्त गरि उनि पनि नेकपा माओवादी केन्द्रकै राजनितिमा हालसम्म सकृय छन । आफना हजुरबुवा र बाबुको हौसला प्रेरणाले उनलाई राजनितिमा होमिनका लागी थप उर्जा मिल्यो ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्वबियुं क्रान्तिकारीको कर्णाली प्रदेश कमिटि सदस्य तथा शिवालय गाउँपालीका ईन्चार्ज समेत रहेकी शाही शिवालयका हरेक गाँउ र हरेक टोलसंग परिचित छिन । जनताका गुनासाहरुलाई सहज रुपमा बुझने तथा जनताका समस्याको समाधानका लागी नेतृत्व गर्न सक्ने गिता पछिल्लो शमयमा आम शिवालयबासीले नै रुचाईएकी उम्मेदवार समेत हुन ।

उनले माओवादी केन्द्रका लागी गरेको योगदानको कदर गर्दै नेकपा माओवादी केन्द्र शिवालय गाउँपालीकाले उनलाई उपाध्यक्षका रुपमा अघी सारेको हो । बिद्यार्थिकाल देखी नै म राजनितिमा प्रबेश गरेकी हुँ, पार्टिले मैले गरेको योगदान सम्झेर मलाई उपाध्यक्षको उम्मेदवारको रुपमा अघी सारेको छ – पार्टिले गरेको यो बिश्वासलाई मैले टुटन दिने छैन, शाहीले भनिन ।

शिवालयका जनताले मलाई पुर्ण रुपमा साथ दिनेछन भन्नेमा म बिश्वस्त छु । आफना चुनाबी एजेन्डाहरुका साथ जनताको घरदैलोमा गैरहेको बताउँदै शाहीले शिक्षा, स्वास्थ्य,सडक तथा खानेपानी र रोजगारी आफनो मुख्य एजेन्डा भएको बताईन ।

रोजगारको अभाबमा अझैपनि शिवालयका जनताहरु बैदेशिक रोजगारका लागी भारतको कालापहाड लगाएतका स्थानमा जानुपर्ने बाध्यता रहेको बताउँदै उनले स्थानिय स्तरमा नै रोजगारको श्रृजना गरेर युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्ने आफनो योजना भएका बताईन ।

जनताले बिश्वास गरेर आफु बिजय भएमा शिवालयका बिकट क्षेत्रका बृद्धबृद्धाहरु र बालबालीकाहरुलाई घरघरमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गर्ने ब्यवस्था मिलाउने पनि उनले बताईन ।

प्रकाशित मितिः शनिबार, बैशाख १७, २०७९     3:06:23 PM  |