20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

कांग्रेसले बाँकेमा लगायो उम्मेदवारको टुंगो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४  

कोहलपुरमा भट्टराई र नेपालगञ्जमा कनोडियाले पाए टिकट

कोहलपुर, २८ जेष्ठ / लामो समयपछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बाँकेमा उम्मेदवारको टुंगो लगाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारु तथा राप्तीसोनारी गाउँपालिकाको प्रमुखमा लाहुराम थारु र उपप्रमुखमा धनीकुमारी खत्री, बैजनाथ गाउँपालिकामा देबबहादुर खत्री र भावना चौधरी, खजुरा गाउँपालिकामा नक्की खाँ र दिपा आलेमगर, नरैनापुरमा रामचन्द्र मौर्य र अतिकुल निसा, डुडुवा गाउँपालिकामा नरेन्द्र चौधरी र सायदा बानो तथा जानकी गाउँपालिकामा छब्बन खाँ र रामप्यारी यादवलाई उम्मेदवार बनाएको छ ।
क्षेत्रीय कार्यसमितिको सिफारिसमा आएका विभिन्न नामावलीलाई जिल्लाले आफ्नो राय सहित केन्द्रलाई सिफारिस गरेको थियो । सोही आधारमा केन्द्रिय समितिले उम्मेदवारको टुंगो लगाएको हो ।
पार्टीभित्र आकांक्षी धेरै देखिएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको थियो । उम्मेदवारको टुंगो नलाग्दा कांग्रेसले जिल्लामा चुनावी अभियानको काम तीव्र रुपले गर्न सकेको थिएन ।
कोहलपुर नगरपालिकाको मेयर पदको टिकट पाएसँगै भानुभक्त भट्टराईले कोहलपुर नगपालिकालाई सुन्दर, शान्त, सम्वृद्धि, कृषिको हव, औद्योगिक विकास र पर्यटन सुधारका लागि आफ्नो उम्मेदवारी भएको
बताए । कोहलपुरमा कृषि, प्राविधिक कलेज, आईटी कलेज, औद्योगिक विकास क्षेत्रको विकासका लागि आफू लागि पर्ने उनी बताउँछन् । हरियाली शहर, फोहोरमुक्त, व्यवस्थित बस्ती बनाइने उनले बताए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४     12:02:53 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *