संस्थागत विद्यालयहरूमध्ये उत्कृष्ट र उदाहरणीय बन्दै जानुको सफलताको रहस्य हो, विद्यालयको नेतृत्व, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, समुदाय र अभिभावक । सबै पक्षबीचको सामूहिक प्रयासकै कारण १५औँ वार्षिकोत्सवसम्म आइपुग्दा गार्गी अनुकरणीय शैक्षिक केन्द्रका रूपमा स्थापित हुन पुगेको छ । शिक्षकको राम्रो मेहनत, विद्यालयप्रति अभिभावकको अपनत्व, प्राचार्यको कुशल नेतृत्वले गर्दा विद्यालय नगर, जिल्ला र प्रदेशका खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार हात पार्न सफल भएको छ ।
श्यामलाल पोखरेल । बुटवल ।
विसं २०६८ सालमा स्थापना भएको गार्गी एकेडेमी बुटवल उपमहानगरपालिका– ११ देविनगरमा छ । संस्थागत विद्यालयको रूपमा सञ्चालन हुँदै आएको विद्यालयको असल अभ्यासले गार्गीको नाम छुट्टै पहिचानसहित स्थापित हुन पुगेको छ । सुरुवाती कालमा २८७ जम्मा विद्यार्थी र पन्ध्र जना शिक्षक कर्मचारीबाट सञ्चालन भएको विद्यालयको विगतदेखि हालसम्मको शैक्षिक, अतिरिक्त लगायत सफलताको अन्तरङ्ग नै महत्वपूर्ण छ ।
संस्थागत विद्यालयहरूमध्ये उत्कृष्ट र उदाहरणीय बन्दै जानुको सफलताको रहस्य हो, विद्यालयको नेतृत्व, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, समुदाय र अभिभावक । सबै पक्षबीचको सामूहिक प्रयासकै कारण १५औँ वार्षिकोत्सवसम्म आइपुग्दा गार्गी अनुकरणीय शैक्षिक केन्द्रका रूपमा स्थापित हुन पुगेको छ ।
शिक्षकको राम्रो मेहनत, विद्यालयप्रति अभिभावकको अपनत्व, प्राचार्यको कुशल नेतृत्वले गर्दा विद्यालय नगर, जिल्ला र प्रदेशका खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार हात पार्न सफल भएको छ । विद्यालयको आफ्नै शैक्षिक दैनिकी, विद्यार्थीप्रति समर्पित प्रशासन, पेशाप्रति लगनशील शिक्षक, अनुशासित र मेहनती विद्यार्थीको कसिलो सम्बन्धको कारण गार्गी शिक्षामा केही गर्ने चाहना राखेर अघि बढ्दै गएको एक विद्यालय हो ।
रुपन्देहीको व्यापारिक केन्द्रको रूपमा चिनिने बुटवलमा अवस्थित उक्त विद्यालय शिक्षाको महत्वपूर्ण र गौरवशाली संस्थाको रूपमा रूपान्तरण हुँदै गएको छ । विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न गएको शैक्षिक सत्रको नयाँ भर्ना विद्यार्थी सङ्ख्याले स्पष्ट देखाएको छ ।
विगत १५ वर्षदेखि विद्यालयले शैक्षिक क्षेत्रमा प्राप्त गरेको अनवरत सफलता नै विद्यालयको पृथक परिचय बनेको छ । सफल विद्यालय बनाउने गरी अगाडि बढेको विद्यालयका प्राचार्य भुवन अधिकारीको भनाइ छ । उनी भन्छन्, ‘जहाँ विद्यार्थी रमाउँछन्, शिक्षकले स्फुर्तिका साथ रमाएर कक्षाकोठा प्रवेश गर्छन्, त्यो विद्यालय नै सफल विद्यालय हो ।’
प्राचार्य अधिकारीले भने, ‘विद्यालयले पढाइ मात्र नभई खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि बराबर ध्यान दिँदै आएको छ । यो स्कुलले खेलकुदमा पनि नगर, जिल्लामै उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको छ । यस विद्यालयको उत्पादनले आज डाक्टर विषयमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका उदाहरण पनि छन् ।’
विद्यालयमा अहिले २ हजार पाँच सय विद्यार्थीहरूले पढिरहेका छन् । विद्यार्थीका लागि ४ वटा भवन, ग्रीन गार्डेन सहित पर्याप्त खेल मैदान, मन्टेश्वरी प्ले स्टेशन, आधुनिक विज्ञान प्रयोगशाला, दुई वटा कम्प्युटर ल्याब, पुस्तकालय २०८२ को नयाँ शैक्षिक सत्रदेखी डिजिटल कक्षाको शुरुवात गरिएको प्राचार्य अधिकारीले बताए ।
विद्यालयको सफलताको श्रृंखला
विसं २०६८ सालमा बुटवलको देवसिद्ध चोक नजिक ओली पथमा स्थापित विद्यालय पहिलो चरणमा कक्षा ८ सम्म सञ्चालन गरिएको थियो । त्यसपछि २०६९ सालमा कक्षा ९ को र २०७० मा कक्षा १० को स्वीकृत लिएर कक्षा सञ्चालन गरियो ।
पहिलोपटक २०७० सालमा एसएलसीमा जम्मा १३ जना विद्यार्थी सहभागी भएकोमा शतप्रतिशत नतिजा ल्याएर उत्तीर्ण गरेको गार्गी एकेडेमी प्रशासन बताउँछ ।
शिक्षक सुविधाः प्रोत्साहन
‘शिक्षक खुसी भए, विद्यार्थी खुसी हुन्छन् भन्ने मन्त्रलाई हामीले आत्मसात गरेका छौं,’ प्रअ अधिकारीले भने, ‘शिक्षक र कर्मचारीको कार्यक्षमता, वैयक्तिक क्षमताजस्ता तत्वहरूलाई आधार मानी प्रोत्साहन पुरस्कारको व्यवस्था गरेका छौँ ।’
सबै तहका शिक्षकहरूमा समान तरिकाबाट सुविधा दिइएको छ । विद्यार्थीलाई केन्द्रमा राखी सिकाइ कार्य गर्ने विद्यालयमा काम समान छ । सबैले गर्ने कार्य परिणाममुखी हुनुपर्नेमा विद्यालयले प्रोत्साहित गर्ने गर्दछ ।
लर्निङ बाइ डुइङको सिद्धान्त अनुसार सिकाइ कार्यलाई जोड दिएको छ । विद्यार्थीको सबै क्षमतालाई समान मूल्यांकन गर्ने गरिएको र विद्यार्थीहरू बोल्ने बानीको क्षमता अभिवृद्धि गर्नका लागि समाचार उद्घोषण समेत गर्दै आएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्