खच्चरसँग ठोक्किएर भयानक दुर्घटना



नेपालगन्ज ।

नेपालगन्जमा खच्चरसँग ठोक्किएर भएको एक भयानक दुर्घटना सीसीटिभीमा कैद भएको छ । नेपालगन्जको बसपार्कदेखि वडा प्रहरी कार्यालय जोड्ने सडकमा भएको उक्त दुर्घटनामा परी तीनजना घाइते भएका छन् । घाइतेहरू समान्य नै रहेको र अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त दुर्घटनाको सीसीटिभी फुटेजमा सकडमा केही खच्चरहरू दौडिदै वारपार गरिरहेका देखिन्छन् । त्यही क्रममा तीनजना एउटै स्कुटीमा चढेर आइरहेका बेला एउटा खच्चर अचानक सडकमा आइपुग्छ । त्यहीबेला स्कुटी खच्चरको मुखमा ठोक्किन्छ र तिनैजना सडकमा पछारिन्छन् ।

यस भयानक घटनाले नेपालगन्जमा छाडा चौपायाले निम्त्याइरहेको दुर्घटना र ट्राफिक नियम पालनामा भइरहेको बेथितिलाई एकैसाथ उजागर गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशु नियन्त्रणमा काम गरिरहेको बताएपनि अहिलेपनि सडकमा पशु चौपायाहरू खुलेआम घुमिरहेका देखिन्छन् । यस्ता छाडा पशु चौपायाका कारण सडकहरू असुरक्षित बनिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २ गते शुक्रबार