बाँके ।
राप्ती सोनारी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनवाइ सम्पन्न गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा दोस्रो चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रमको आयोजना गरिएको थियो ।
गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा विषयक दोस्रो चौमासिक सार्वजनिक सुनवाइ राप्ती सोनारी गाउँपालिका वडा नं.१ मा १ सय २५ जनाको सहभागितामा उक्त सार्वजनिक सुनवाइ कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया, विकास निमार्ण सुशासन जवाफदेहीता, सुकुम्वासी समस्या समाधान, मध्यवर्ती क्षेत्रका समस्या तथा कृषि पशु लगायतका विषयमा स्थानीयहरूले प्रश्न र जिज्ञासा राखेका थिए ।
कार्यक्रममा जवाफदेही वक्ताका रूपमा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिसा सिंह चौधरी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, वडा अध्यक्षहरू, पालिकास्तरीय स्वास्थ्य, कृषि, पशु, रोजगार, योजना लेखा, शिक्षा लगायतका प्रमुखहरूले जवाफ दिएका थिए । कार्यक्रममा ५ बँुदे प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्