फिरोजलाई उपचारका लागि आर्थिक जोहो, थप उपचारका लागि भारत लगियो



वडाध्यक्ष माधव रिजालका अनुसार ११ दिनमा विभिन्न क्षेत्रबाट व्यक्तिगत र संस्थागत रूपमा सात लाख रूपैयाँ संकलन भएको छ । उनले भने, ‘फिरोज बचाउन अभियान, मिसन टुडेको भिडिओ सामग्री र अन्य मिडियाको सहयोगबाट सात लाख रूपैयाँ संकलन भएको छ । अब थप उपचारका लागि फिरोजलाई भारतको मुम्बई पठाउँदैछौँ ।’

कोहलपुर ।

गत वैशाख ९ गते मंगलबार मिसन टुडे राष्ट्रिय दैनिकमा ‘मेरुदण्डको ट्युमरले थलिए कोहलपुरका फिरोज’ शीर्षकमा समाचार प्रकाशित भयो । सोही दिन मिसन टुडेको फेसबुक पेजमा आर्थिक अभावमा उपचारमा समस्या भएको विषयमा फिरोजसँग सम्बन्धित भिडिओ सामग्री प्रशारण गरिएको थियो ।

त्यसअघि फिरोजका परिवारले आर्थिक सहयोगको लागि सार्वजनिक रूपमै याचना गरेका थिए । तत्पश्चात् कोहलपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष माधव रिजालको अगुवाइमा ‘फिरोज बक्स बचाउन अभियान’ सुरु गरिएको थियो । वडाध्यक्ष रिजालका अनुसार ११ दिनमा विभिन्न क्षेत्रबाट व्यक्तिगत र संस्थागत रूपमा सात लाख रूपैयाँ संकलन भएको छ । उनले भने, ‘फिरोज बचाउन अभियान, मिसन टुडेको भिडिओ सामग्री र अन्य मिडियाको सहयोगबाट सात लाख रूपैयाँ संकलन भएको छ । अब थप उपचारका लागि फिरोजलाई भारतको मुम्बई पठाउँदैछौँ ।’

सोही रकमबाट २६ वर्षीय फिरोजको थप उपचारका लागि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको उपस्थितिमा उनलाई भारत लगिएको हो । अहिलेसम्म आफूहरूले सोचेभन्दा राम्रो सहयोग प्राप्त भएको र सबैको सहयोगले फिरोजको जीवन रक्षा हुने भएकाले सहयोगको लागि उनले सम्पूर्णलाई आग्रहसमेत गरेका छन् । नगर प्रमुख आचार्यले फिरोजको जीवन बचाउनका लागि वडाध्यक्ष, मिसन टुडे र अन्यले सहयोग गरेको काम सराहनीय भएको बताए थिए ।

उनले भने, ‘मैले पनि वडा अध्यक्षमार्फत यो कुरा जानकारी प्राप्त गरेको थिएँ । फिरोज बचाउ अभियानलाई फराकिलो बनाउनका लागि हामीले पनि सामाजिक सञ्जालमार्फत सेयर ग¥यौँ । अब हामी उहाँको जीवन रक्षाका लागि संस्थागत रूपमा सहयोग गर्छौँ ।’ नगरपालिका क्षेत्रका एक कलिला युवाको जीवन रक्षाका लागि नगरपालिकाले संस्थागत रूपमा सहयोग गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । साथै उनले परिवारलाई धैर्यधारण गर्न र फिरोजको स्वास्थ्य लाभको कामनासमेत गरे ।

फिरोजकी आमा जमिला खातुनले छोराको उपचारका लागि सहयोग गर्नेहरूप्रति कृतज्ञता प्रकट गरेकी थिइन् । छोरालाई उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत पठाउँदा जमिलाका आँखाका आँसु थामिएनन् । ‘सबैको आर्शिवाद र सहयोगले मेरो छोरालाई बचाइँदिनुस्,’ आँखभरी आँसुु झार्दै आमाले खातुनले बिलौना गरिन् । कोहलपुर नगरपालिका–३ मदनचोकका उनी २६ वर्ष मात्रै भए । फिरोजका डेढ वर्षको छोरा र श्रीमती छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार