कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नहुने बताएका छन् । शुक्रबार घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको ९औँ जिल्ला सभालाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘केही दिनअघि विवादित अडिओ सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,’ मुख्यमन्त्री शाहले भने, ‘भष्ट्राचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ ।’
‘विवादित अडिओ सन्र्दभमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानविनलाई अगाडी बढाउनु पर्दछ, यसमा मेरो व्यक्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ,’ उनले भने, ‘दोषी दण्डित हुनुपर्दछ, दोषीले उन्मुक्ति पाउनु हुँदैन ।’
अख्तियारले छानविन प्रक्रिया अगाडि बढाइसकेको छ, यसमा प्रदेश सरकारको सहयोग र समन्वय रहने मुख्यमन्त्री शाहले प्रतिवद्धता व्यक्त गरे । संसद सुचारु गर्न पटक–पटकको सर्वदलीय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए । उनले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सुचारु हुनेमा विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्