रोल्पा, २५ कात्तिक/ रोल्पाका एक ब्यक्तिले बञ्चरो प्रहार गरी छोरी र दुई नातिनिको हत्या कगरेका छन् । रोल्पा नगरपालिका–७ घापामा ४० बर्षिय लिल बहादुर पुनले २५ वर्षीया छोरी पबावती केसी र नातिनिहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएका छ । शुक्रबार खाना खाएर सुत्ने क्रममा छोरी र नातिनिहरुको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
पुनको मानसिक सन्तुलन ठिक नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । रोल्पा नगरपालिका ६ कोङा निवासी मृतक पबावतिका श्रीमान लोकबहादुर केसी बैदेशिक रोजगारमा छन् ।
प्रकाशित मिति : २०७४ कात्तिक २६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्