कोहलपुर ।
सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शम्शेरगन्जले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण, शम्शेरगन्जले राप्ती सोनारी गाउँपालिका–८ स्थित भगवती आधारभूत विद्यालयका १ सय ३२ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्थानीयबासीसँग समन्वय र सहकार्य गर्ने उद्देश्यले विद्यार्थीलाई शैक्षित सामग्री वितरण गरिएको सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण, शम्शेरगन्जले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक छवी रावतका अनुुसार विद्यार्थीहरूलाई अध्ययनको लागि सहज होस् भन्ने ध्येयले सामग्री सहयोग गरिएको हो ।
उनका अनुसार सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत गणले विभिन्न समयमा यस्ता सहयोग प्रदान गर्दै आएको छ । सामग्री सहयोगले शैक्षिक क्षेत्र सुुधार र सामुदायिक सहयोगमा गणको प्रतिबद्धता रहेको झल्काएको सशस्त्र प्रहरी नायब उपरीक्षक रावतले बताएका थिए ।
सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गणले गरेको सहयोगप्रति विद्यालयले कृतज्ञता प्रकट गरेको छ । कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारीहरू, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्