कपुरकोटमा एकीकृत समाजवादीको अग्रता



सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । ६१३ मत गणना गर्दा माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार दुर्गा पुनले २७१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार भीम बहादुर सेनले २४१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विष्णु प्रसाद शर्माले भने ५९ मत ल्याएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार