वाइसीएल बाँकेका ५५ नेता कार्यकर्ताले दिए संयुक्त राजिनामा



नेपालगन्ज ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँकेको भातृ संगठन वाइसीएल बाँकेमा भुकम्प गएको छ ।

वाइसीएल बाँकेमा असन्तुष्ट ५५ जना बढिले संगठनमा हैकमवादी प्रवितृ हावी भएको भन्दै सामुहिक राजिनामा दिएका छन् ।

वाइसीएल बाँकेमा जिल्ला र प्रदेश पदाधिकारी मनोनीतको बिषयमा असन्तुष्ट ५५ जना विभिन्न पदमा रहेका वाइसीएलका नेता तथा कार्यकर्ताले सामुहिक राजिनामा दिएका हुन् ।

वाइसीएल बाँकेका नेता समेत रहेका छबिलाल बिष्ट, रमेश थापा तथा वाइसीएल खजुरा गाउँपालिका कमिटीका अध्यक्ष दिनेश बुढा लगायतको ५५ जना बढिले समुहले सामुहिक राजिनामा दिएका छन् ।

हेर्नुस् सामुहिक राजिनामा पत्र : छबिलाल बिष्टको फेसबुकबाट

 

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १३ गते आइतबार