कोहलपुरमा राष्ट्रिय प्रजातन्त्रिक पार्टीले वडाध्यक्षदेखि मेयर सम्मका उम्मेदवारहरुको टुंगो लगाएको छ । कोहलपुर नगरपालिकाको मेयर पदका लागि भगौती थारुलाई उम्मेद्वार बनाएको छ भने उपमेयरको उम्मेद्वारमा सावित्री घिमिरेलाई छनोट गरेको छ ।
त्यस्तै राप्रपाले कोहलपुरका १५ वटै वडाहरुमा आफ्ना उम्मेद्वारहरु छनौट गरेको छ । वडा नं. १ मा सुमन केसी, वडा नं. २ मा रामसिंह थारु, वडा नं. ३ मा नरेन्द्र सिंह र वडा नं. ४ मा रहम तुल्ला गजुरलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।
त्यस्तै वडा नं. ५ को अध्यक्षको उम्मेदवारमा रेजितराम थारु, वडा नं. ६ मा नेबबहादुर वली, वडा नं. ७ मा जंगली थारु, वडा नं. ८ मा भिम बहादुर वली, वडा नं. ९ मा ढुङ थारु र वडा नं. १० मा शम्भु प्रसाद भट्टराईलाई छनौट गरिएको छ ।
वडा नं. ११ मा युवराज लम्साल, वडा नं. १२ मा जनक शाही, वडा नं. १३ मा लाल बहादुर वली, वडा नं. १४ सिताराम यादव र वडा नं. १५ मा ओम प्रकास थापालाई उम्मेदवार बनाइएको
छ ।
प्रकाशित मिति : २०७४ जेठ १४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्