नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनी मेलाको आयोजना गरिने



नेपालगन्ज ।

महिला उद्यमी संघ नेपाल बाँकेले नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनी मेलाको आयोजना गर्ने भएको छ ।

लुम्बिनी प्रदेशभरि रहेका ५० महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरूको प्रदर्शन र बजारीकरणमार्फत आर्थिक विकासमा टेवा प¥याउन प्रदर्शनी मेलाको आयोजना गरिने महिला उद्यमी संघ नेपाल बाँकेले जनाएको छ ।

प्रदर्शनी मेला पुस २२ देखि २६ गतेसम्म नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट परिसरमा हुने छ । प्रदर्शनी मेलामा १२ जिल्लाका दुईवटा स्टलका दरले २४ वटा स्टल हुने छन् ।

यसैमा बर्दिया र दाङ जिल्लाको थप चार-चारवटा गरी आठ स्टल, प्युठान, रोल्पा र पाल्पाका थप दुई-दुईवटा स्थल गरी ६ वटा समावेश हुने छन् ।

आयोजक बाँकेको भने थप १२ वटा स्टल रहने महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १७ गते शनिबार