कोहलपुर ।
जिल्ला प्रहरी कार्यालय दाङले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरी नगरपालिका वडा नम्बर ९ जाजरकोटका ३२ वर्षीय रामबहादुर दमाई र मुसिकोट नगरपालिका वडा नम्बर १० चौखाबाङ रुकुम–पश्चिमका ४५ वर्षीय पूर्णसिंह सुनार रहेको छन् ।
उनीहरूलाई प्रहरीले बुधबार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले बताए । ‘सिमेन्टको बोराभित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी खटिएको थियो’ उनले भने, ‘प्रहरीले उनीहरूमाथि चेक गर्दा छाला फेला पारी पक्राउ गरिएको हो ।’
प्रहरीले ५ फिट २ इञ्च लम्बाई र छातीको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय दाङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्