कोहलपुर, १० बैशाख / बाँकेको ढकेरीबाट बुद्धको मुर्ती सहित शनिबार साँझ दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अञ्चल प्रहरी कार्यालय भेरी र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले बुद्धको मुर्ती सहित दांग घोराही १० का ३३ वर्षिय नेत्रबहादुर बुढा र राप्ती सोनारी गाउँपालिका ८ का यामबहादुर केसीलाई पक्राउ गरेको हो । ढकेरीस्थित सुभम कटेजबाट बुद्धको मुर्ती सहित उनीहरुलाई पक्राउ गरिएको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
निकै पुरानो रहेकाले जुम्लाबाट चोरी भएको मुर्ती हुनसक्ने काफ्लेले बताए । उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीको भनाई
छ ।
प्रकाशित मिति : २०७४ वैशाख ११ गते सोमबार









प्रतिक्रिया दिनुहोस्