मुगु बस दुर्घटनाः थप एकको मृत्यु, मृतकको संख्या ३३ पुग्यो



कोहलपुर ।

मुगुमा भएको बस दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। छाँयानाथ रारा नगरपालिका–१४ का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको हो।

उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले बताए। योसँगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

गत असोज २६ गते नेपालगञ्जबाट मुगु गएको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको थियो।

बसमा सवारमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। बाँकी चार जनाको उद्दार गरी विमानस्थलमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो।

योसँगै बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ जना पुगेको मुगु प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ३ गते बुधबार