दैलेखको वेस्ताडाबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी सुर्खेत–दैलेख सडक खण्डको लादेमा दुर्घटना हुँदा जनाको मृत्यु भएको छ ।
अन्य पाँच जना गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाईते सबैको अहिले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । विपरित दिशाबाट आइरहेको गाडीलाई साइट दिने क्रममा फोर्स गाडी सडकको नालातर्फ ठोक्कीएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज ३० गते शनिबार










प्रतिक्रिया दिनुहोस्