8 September 2024  |   आइतवार, भदौ २३, २०८१

पार्टी एकताको कुरा मिल्योः प्रचण्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकताको कुरा मिलेको बताएका छन् । प्रचण्डले आफ्ना पार्टीका नेताहरुलाई एकताबारे ब्रिफिङ गर्दै एकतामा बाधक बनेको सैद्धान्तिकपक्ष टुंगिएको बताएका हुन् ।
दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त बहसमा लैजाने र महाधिवेशनबाट हल गर्ने सहमति भएको प्रचण्डले बताएका छन् । आज बस्ने एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकबाट यस विषयमा सहमति जुटाउने तयारी भएको माओवादी नेता जनार्दन शर्माले जानकारी दिए ।
‘एमाले र माअ‍ोवादीबीचको सैद्धान्तिक विवाद हल भएको अध्यक्षले बताउनु भएको छ, अव दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त बहसमा जान्छन् र महाधिवेशनबाट हल हुन्छन ।’ नेता शर्माले भने, ‘आज बस्ने पार्टी एकता संयोजन समितिको बैठकबाट यस विषयमा सहमति जुटाउने तयारी छ ।’
यस अघि एमालेले मान्दै आएको जबजलाई एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउनुपर्ने बताउँदै आएको थियो भने माओवादीले माओवाद र २१ औँ शताब्दीको जनावाद मान्नुपर्ने अडान लिएको थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     12:35:07 PM  |