30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

खेलकुद शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३  

कोहलपुर, २७ माघ  /  नेपालगन्जमा बुधबारदेखि उच्च माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगीता सुरु भएको
छ । हिसान बाँके बर्दियाको आयोजनामा विगत ३ बर्षदेखि निरन्तर प्रतियोगीता संचालन हुँदै आएको छ । हिसान केन्द्रका अध्यक्ष रमेश सिलवालले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्न खेलकुद अति आवश्यक रहेको बताए ।

विद्यालय स्तरबाटै खेलकुदको जग बलियो बनाउन हिसानले खेलकुदलाई प्रथामिकता साथ अगाडि बढाएको उनले
बताए । यस्तै केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले शरीरलाई तन्दरुष्ट बनाउन खेलकुद सबैको लागि अपरिहार्य रहेको
बताए । विद्यार्थीहरुको चौतफी विकासका पठनपाठनसंगै खेलकुद पनि अपरिहार्य रहेको उनको भनाई छ ।
विद्यार्थीहरुका लागि शिक्षा जति नै खेलकुदको पनि उत्तिकै महत्व रहेको हिसान बाँके बर्दियाका कोषाध्यक्ष निर्मल उपाध्यायले बताए ।
बुधबारदेखि सुरु भएको खेलकुदमा पहिलो खेल मोडर्न पव्लीक उच्च मावि र गोर्खा युनाईटेड कोहलपुर बीच भयो । जसमा मोडर्न पव्लीक स्कूलले गोर्खालाई २–१ गोल अन्तरले पराजित ग¥यो । हिसानले आयोजना गरेको खेलकुद प्रतियोगीतामा भलिवल, क्रिकेट, व्याडमिन्टन, फुटबल लगायतका खेलहरु हुनेछन् ।

प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३     12:16:59 PM  |