विद्यार्थीहरुलाई ट्राफिक नियमबारे प्रशिक्षण



कोहलपुर ।

कोहलपुर नगरपालिकाको वडा नम्बर १२ चप्परगौडी स्थित एक विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको छ । यहाँको डाइमण्ड स्टार एकेडेमीका विधार्थीहरुलाई मंगलबार ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गराइएको हो । उक्त अवसरमा विद्यार्थीहरुलाई ट्राफिक नियम, लाइटका सन्देश, कुन साइटबाट बाटो क्रश गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।

जिल्ला ट्राफिक कार्यालय कोहलपुरका असई यज्ञराज पन्थका अनुसार विधार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी विद्यालय मै गएर जानकारी गराइएको हो । अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नहुने गरेका कारण अन्य सरोकारवाला जस्तै विद्यार्थीहरुलाई पनि विद्यालय मै गएर सिकाइएको उनको भनाइ छ ।

प्रशिक्षण बारे जानकारी दिदै उनी भन्छन्,‘ धेरै मानिसहरुले जानी नजानी नियमको उल्लंघन गरिरहेका हुन्छन् । कोहलपुरमामा संकेत नमान्ने, जथाभावी गाडी रोक्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता समस्या देखिएका छन् । यस्ता विषयमा सचेत रहन आमीले कार्यक्रम गरेका हौ ।’उक्त कार्यक्रममा बिद्यालयका प्रिन्सिपल एस.वि.बुढा विद्यालयका शिक्षक,शिक्षिका ,बिद्यालयका बसचालक,सह–चालकको पनि पनि सहभागिता रहेको बताए । जिल्ला ट्राफिक कार्यालय कोहलपुर, बाँकेले दैनिक यस्ता विषयमा सरोकारवालाहरुसँग कार्यक्रम गर्दै
आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधबार