कृष्ण ओली । कोहलपुर ।
बाँके प्रहरीले दशैंमा सुरक्षा व्यवस्था कडा पारेको बताइरहेको बेला एक बालकको विभत्स हत्या भएको छ । दशैंको टिकाको दिन रातीदेखि वेपत्ता भएका एक बालकको शव निर्मम तरिकाले हत्या गरेर फालेको अवस्थामा फेला परेको हो ।
जिल्लाको डुडुवा गाउँपालिका, ०३ का १२ वर्षिय शुनिल हरिजन रैदासको विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा बुधबार बिहान घर नजिकै शव फेला परेको थियो ।
सोमबार दशैंको दिन राती ८ बजेपछि सम्पर्कबिहिन भएका बालक भोलीपल्ट मंगलबार बिहान पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए ।
‘सोमबार राती ८ः०५ बजेदेखि सम्पर्कबिहिन भएका बालकको शव बुधबार बिहान पोखरीमा फेला परेको हो’ उनले भने, ‘हत्या हो या होइन भन्नेकुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्छ ।
हामीले अनुसन्धान जारी राखेका छौं ।’ प्रहरी निरीक्षक सापकोटाले बालकको मृत शरिरमा कुनै घाउ चोट पटक नदेखिएको मिसन टुडेलाई जानकारी दिए । ‘मृतकका शरिरमा कुनै घाउ चोटपटक देखिदैन’ उनले अगाडि भने, ‘उनी बिहान आठ बजेतिर पोखरीमा मृत अवस्थामा फेला पारेका हुन् ।’
तर स्थानीय प्रत्यक्षदर्शीहरुले भने विभत्स हत्या गरी फालेको अवस्थामा बालकको शव पोखरीको छेउमा फेला परेको जानकारी दिएका छन् । ‘बालकको शरिरभरी रगतै रगत रहेको थियो’ मिसन टुडेको सम्पर्कमा आएका एक स्थानीयले भने, ‘एउटा आँखामा समेत चक्कुले हानेको जस्तो गहिरो घाउ देखेका हौं ।’
अर्का एक स्थानीय प्रत्यक्षदर्शीले समेत रक्ताम्मे अवस्थामा बालकको शव पोखरीको छेउमा फेला परेको बताए ।
आँखामा धारिलो बस्तु प्रहार गरेको जस्तो देखिने गहिरो घाउ, रक्ताम्मे शरिर देखिदा पनि सञ्चारमाध्याममा गलत सूचना प्रवाह गर्नुले पनि बाँके प्रहरीको भूमिका शंस्कापद देखिएको छ ।
घटनाको अनुसन्धान अधिकृत समेत रहेका मुद्दा फाँट इन्चार्ज सापकोटाले क्राइम सिनबारे गलत सूचना दिनुले समेत प्रहरीको शंस्कापद भूमिकालाई बल पु¥याइदिएको छ ।
अनुसन्धानको लागि चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्