लोकनगरका नेपाली काँग्रेसमा ४३ जना प्रवेश



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका वडा नं. ११ मा रहेको लोकनगरका नेकपा परित्याग गरी ४३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार एक कार्यक्रमका बिच मिना चौधरी र ठग्गा थारुको नेतृत्वमा ४३ जना प्रवेश गरेका छन् ।

नेकपाबाट परित्याग गरी नयाँ आगन्तुकहरुलाई फुलमाला सहित प्रवेश गराइएको टोल सुधार समितिका अध्यक्ष चिन्कु थारुले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १० गते शनिबार