20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कविता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ४, २०७३  

– राम बहादुर रावत
हाम्रा नदीहरु
कहाँ गइरहेका छन् ?
कसले राखेको छ ?
यसको हिसाव किताब ।
हाम्रा युवाहरु,
कहाँ पुगेका छन् ?
कसले वितरण गरेको छ पासपोर्ट ?
हाम्रा सांसदहरु
कहाँ सुतेका छन् ?
कसले दियो सुत्नका लागि भोट ?
श्रीमतीले कहिलेसम्म सहने
छातीमा बर्सिएका लात ?
चेलीहरु केहिलेसम्म
बलाकृत भइरहने ?
कसले बनायो ?
अपराधीलाई छुट्ट दिने कानून ।
बाले तीन वर्षदेखि
टोपी फेरेका छैनन् ।
आमाले धोती फेरेकी छैनन् ।
कसले निर्माण ग¥यो
नयाँ नेपाल ?
अख्तियाले कहिलेसम्म
छापा मारिरहने ?
कसले बनायो
भष्टचारीलाई छुट्ट दिने कानून ।
अब,
नदीहरुको गर्नुपर्छ लेखाजोखा ।
युवाको योग्यता मापन गरिनुपर्छ
सांसदहरु बिउताउनु पर्छ
आमालाई सम्मान हुनुपर्छ
चेली स्वतन्त्र हुनुपर्छ
बाका लागि टोपी पसल खोलिनु पर्छ
आमाका लागि धोती पसल खोलिनु पर्छ
भष्ट्रचारीलाई माला गाँस्ने
सियो र धागो फ्याक्ट्रि
सदा सदाका लागि बन्द गर्नुपर्छ ।

प्रकाशित मितिः शनिबार, असार ४, २०७३     11:40:53 AM  |