बाँकेमा सोमबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोहलपुर नगरपालिकाका २४ जना, नेपालगन्ज उपमहानगरपालिका ९ जना, खजुरा गाउँपालिकाका ६ जना र अन्य संस्थामा कार्यरत १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये ७ जना कोहलपुर मेडिकल कलेज र १ जना नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कर्मचारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए। यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४० पुगेको छ । हालसम्म ७ सय ३० जना निको हुँदा ६ जनाको भने मृत्युु भइसकेको छ ।
प्रकाशित मिति : २०७७ भदौ १५ गते सोमबार








प्रतिक्रिया दिनुहोस्