सशस्त्र प्रहरीसहित बाँकेका २४ जना डिष्चार्ज



बाँकेमा आइतबार आज १६ जना सशस्त्र प्रहरीसहित २४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमण निको भई घर फर्कनेको संख्या ७ सय २७ पुगेको छ ।

आज सशस्त्र गुल्म आइसोलेसन सेन्टरबाट १६ जना, होटल सिटी प्यालेस आइसोलेसनबाट ३ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट २ जना, अतिथि होटल आइसोलेसन कोहलपुरबाट २ जना र होटल इन्द्रेणीबाट १ जना निको भई डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अब आइसोलेसनमा बाँकेका २ सय ५७ र अन्य जिल्लाका १ जना गरी २ सय ५८ जना छन् । बाँकेमा हालसम्म ९ सय ९० जनामा कोरोना पुष्टि हुँदा ६ जनाको भने मृत्यु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १४ गते आइतबार