बाँकेको अगैया दुर्घटनाका घाइते सबैको परिचय खुल्यो, (कहाँका कति हेर्नुहोस्)



कोहलपुर/ बाँकेको अगैया नजिकै जंगलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ । बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन् ।

घाइते हुनेहरुमा दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ बर्षिय विष्णु गिरी, वडा नं.२ का २३ बर्षिय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ बर्षिय जीवन घर्ती, दाङ जिल्लाका २० बर्षिया भरत थापा रहेका छन् ।

दुर्घटनामा रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ बर्षिय सुनिल परियार, सोही ठाउँका २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, रोल्पाका ५२ बर्षिय नर ब. बिक, रोल्पाका ४० बर्षिया दिल ब. बिक रहेका छन् ।

यस्तै सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज ब.बुढाथोकी, सल्यानका १८ बर्षिय धन ब. बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दिप ब. बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिय निम ब.बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिय ज्ञान ब. बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ । घाइते हुनेमा सबैभन्दा बढि सल्यानका रहेका छन् । मृतकहरुको भने सनाखत हुन बाँकी छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार