दुवै मृगौला पिडित टेकलाल केसीको लागि आर्थिक संकलन तिव्र



कोहलपुर।

बाँकेको कोहलपुरमा रहेको दुवै मृगौला पिडित टेकलाल केसीको लागि आर्थिक संकलन तिव्र पारिएको छ ।

‘टेकलाल केसी बचाऔं अभियान’ समितिले आर्थिक संकलन कार्यलाई तिव्रता दिइएको हो । आइतबार बागेश्वरी बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापतिको संयोजकको टोलीले २९ हजार ८ हजार ९८ रुपैया आर्थिक संकलन गरेको हो ।

कोहलपुर मोडल कलेजका विद्यार्थीहरुबाट ४ हजार ४सय ६५ रुपैया भने शिक्षकहरुबाट १५ हजार रुपैया सहयोग गरेको संयोजक सुर्य रोकायले जानकारी दिए । उनका अनुसार डाइनामिक कलेका विद्यार्थीहरुबाट रु ५ हजार ४ सय ३३ रकम प्रदान गरिएको थियो ।

शिक्षकहरुले सोमबार सबै शिक्षकहरुबाट दिइने रोकायको भनाई थियो ।

उक्त टोलीमा समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापा, दिनेश केसी, रामप्रसाद पाण्डे, हेमन्द भट्राई, विकल भटराई लगायत अन्य १५ जनाको पनि सहभागि रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २९ गते आइतबार