रझेना साना किसानको नवौं साधारण सभा



कोहलपुर।

बाँकेको कोहलपुरमा रहेको रझेना साना किसान कृषि सहकारी संस्थाले नवौं साधारण सभा सम्पन्न गरेको छ । बुधबार कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तिर्थ राम थारुले उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै थारुले सहकारीहरुले कृषिलाई विशेष जोड दिनुपर्ने बताए । ‘सहकारीका लागि कृषिको मुख्य पहिलो आधार हो’ उनले भने, सफल कृषि सहकारीहरुले पनि कृषिलाई नै अंगालेका छन् । पछिल्ले अवस्थामा सहकारीले समाजमा भएको गरिबी न्यूनिकरण गर्नेमा ठुलो टेवा पुगेको समेत उनको विश्वास व्यक्त गरे ।

यस्तै रझेना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विना कुमारी पौडेलले किसानहरुको आर्थिक सामाजिक, सामुदायिक विकास गर्ने उद्देश्यले संस्थाको स्थापना भएको
बताइन् । आ.व. २०७६÷०७७ मा सहकारी संस्थाका कम्तीमा ५० जनालाई पशुपालन सम्बन्धी तालिम दिनेछौं उनले भनीन् बेमौसमी तरकारी खेती कम्तीमा ३० जनालाई समेत तालिम दिनेछौं । आ.व. २०७५÷०७६ मा १६ करोड २७ लाख ८५ हजार ६ सय २२ रकम कारोबार गरेको उनको भनाई थियो । पौडेलका अनुसार सहकारीले साहार बचत अन्तर्गत २० वर्षसम्म मासिक १००० का दरले जम्मा गरे ८ लाख र मासिक २००० जम्मा गरे १६ लाख उलपब्ध गराउने बताइन् ।

यस्तै चिसापानी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष एकता शाहले सहकारीले महिलालाई ठुलो जिम्मेवारी बनाएको बताइन् । ‘महिलाको नेतृत्व र बोद्धिक विकास भएको छ’ उनले भीनन् ‘उनीहरुले आफनो घरपरिवारको सम्पूर्ण कारोबार समाहाल्न सक्षम बन्न सकेका छन् । अशिक्षीत महिलाहरुको लागि पनि शिक्षाको रुपमा कार्य गरेको उनको भनाई थियो । साधारण सभा कार्यक्रममा बाल बचत र उत्कृष्ट समूहलाई पनि सम्मानित गरेको थियो । जसमा बाल बचत तर्फ सबेल थारु र उत्कृष्ट समूहतर्फ भगवतीदेवी मल्लको समूहलाई सम्मानित गरेको थियो ।

नयाँ कार्यसमितिमा लामिछाने चयन

रझेना साना किसान कृषि सहकारी संस्थाको नवौ साधारण सभाले चन्द्रकला लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा मुवारकअलि गुजर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सिम्ती थारु, निरु कुमारी शाही, डिल कुमारी शर्मा, टिकादवी आले, यशोदा ढकाल, मिना रानाक्षेत्री, कृष्ण कोइराला, विना कुमारी पौडेल, मुश्री भरता कुमारी सिंह, लक्ष्मी शाही, भगवती देवी मल्ल चयन भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २६ गते बिहीबार