दैलेखमा फाेर्स गाडी दुर्घटना तीनकाे मृत्यु, १३ जना घाइते



सुर्खेत दैलेख सडक खण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिका ४ दोबाटोमा माइक्रो बस ९फोर्स० दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने अन्य १३ जना घाईते भएका छन् ।

सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटना हुँदा तिनजनाको घटनास्तलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन् । घाईते १३ जनालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । रानिमत्ता प्रहरी चौकीका इन्चार्च चन्द्रलाल गिरीले दिएको जानकारी अनुसार घाइते तिनजनाको अवस्था गम्भिर रहेको छ ।

घाइते हुनेहरुमा सुर्खेत खजुराका मंगली गुरुङ्ग, मुकेस गुरुङ्ग, दुल्लु नगरपालिका दैलेखका अविषेक योगी, सुर्खेत सुब्बाकुनाका देवी प्रसाद सुवेदी रहेको उनले जानकारी दिए । त्यसैगरी, सुर्खेत तातापानीका मोहन परियार, झुमा परियार, चन्द्रा परियार, भिम परियार रहेका छन् । उनिहरु एउटै परिवारका सदस्य रहेको जानकारी दिए । यस्तै, दैलेख मेहेलतोलीका लक्ष्मी प्रसाद उपाध्याय, वीरेन्द्रनगर धुलियाबिटकी चन्द्रकली सिङ्गौली, नारायण नगरपालिका ४ का डिल बहादुर कटुवाल, र बाँके नौवस्ताका कर्ण बहादुर बोगटी रहेका छन् ।

गाडी सडकबाट करिब एकसय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । गाडी चालक भने फरार रहेको र उनको खोजी भइरहेको गिरीले बताए । ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १३ गते शुक्रबार