बर्दियामा १५ सक्रिय संक्रमित, १४७० जनाले जिते कोरोना, १९ को मृत्यु



बर्दिया ।

बर्दिया जिल्लामा बुधबारसम्म १५ जना कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितहरु रहेका छन् । स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार ५ महिला र १० जना पुरुष गरेर १५ जना मात्र सक्रिय संक्रमित रहेका छन् । सबै सक्रिय संक्रमितहरु होम आइसोलेसनमा नै रहेको उनले जानकारी दिए ।

‘हाम्रो जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १५ जना मात्र रहेको छ’ उनले भने, ‘उहाँहरुको सबै होम आइसोलेसनमा नै हुनुहुन्छ । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।’ सक्रिय संक्रमितमध्ये गुलरिया नगरपालिकाका ३, मधुवन नगरपालिकाका ५, बाँसगढी नगरपालिकाका ४, ठाकुरबाबा नगरपालिका १ र बढैयाताल गाउँपालिका २ जना रहेका छन् । स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार जिल्लामा कुल संक्रमितको संख्या १५३८ जना रहेको छ । तीमध्ये ४७३ जना महिला र १०६५ जना पुरुषहरु रहेका छन् ।

कुल संक्रमितमध्ये ४४८ जना महिला र १०२२ जना पुरुष गरी १४७० जना कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुल संक्रमितमध्ये ४ महिला र १५ पुरुष गरेर १९ जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । जिल्लाका संक्रमितमध्ये उपचारका लागि १६ महिला र १८ पुरुष गरी ३४ जनालाई बाँकेका अस्पतालमा पठाइएको थियो ।

१९ जना मृतकहरु त्यही संख्याभित्रकै रहेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । पालिका अनुसार कुल संक्रमितको संख्या गुलरियामा ७० महिला र २१७ पुरुष गरी २८७ जना, मधुवनमा ४३ महिला र १४२ पुरुष गरी १८५ जना, बाँसगढीमा १२३ महिला र २०३ पुरुष गरी ३२६ जना, राजापुर ६९ महिला र १२४ पुरुष गरी १९३ जना तथा बारबर्दिया नगरपालिकामा ७७ महिला र १२७ पुरुष गरी २०४ जना रहेका छन् ।

त्यसैगरी बढैयातालमा ३३ महिला र ११४ पुरुष गरी १४७ जना तथा गेरुवा गाउँपालिकामा १६ महिला र ४९ जना पुरुष गरी ६५ जना संक्रमित भएको स्वास्थ्य कार्यालय बर्दियाले जानकारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । जिल्लाको बाँसगढी नगरपालिकामा सबैभन्दा धेरै र गेरुवा गाउँपालिकामा सबैभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको थियो । सबैभन्दा बढी गुलरिया नगरपालिका २ महिला र ३ पुरुष गरी ५ संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २९ गते बिहीबार