‘वडामा काँगे्रसको विरासत तोड्छु’



बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उप–निर्वाचन हुदैछ । आगामी मंसिर १४ गते हुन गईरहेको पाँच जना उम्मेदवार चूनावी मैदानमा छन् । उम्मेदवार मध्ये राम शरन थारु पनि एक हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का तर्फबाट उनी उम्मेदवारका रुपमा चूनावी मैदानमा उत्रिएका हुन् । थारु यस अघि २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रबाट उम्मेदवार भएर पराजित भएका थिए । यस पटकको उप–निर्वाचनमा समेत उनी पूर्व एमाले र पूर्व माओबादी केन्द्र मिलेर बनेको नेकपाबाट दोहोरिएका छन् । अहिले हुन गइरहेको उपनिर्वाचनमा मतदाताहरुले नेकपाका राम शरन थारुलाई किन भोट दिने ? लगायतका बिषयमा मिसन टुडेका संवाददातासँग गरेको कुराकानी ।

नेकपाको तर्फबाट उम्मेदवार रामशरन थारु

नेकपाको तर्फबाट उम्मेदवार रामशरन थारु

१. निर्वाचनको प्रचार प्रसारको दौडधुप कसरी चलिरहेको छ ?

अहिले निर्वाचनको प्रचार प्रसार मै व्यवस्त छौ । सबै पार्टीका नेता, कार्यकर्ता सहित घरदैलो अभियान भईरहेको छ । केही सातादेखि निरन्तर घरदैलो कार्यक्रम मै होमिएका छौ । निर्वाचन प्र्रचार प्रसारको तेस्रो चरण सकिएको छ । निर्वाचन आयोगले तोकेको मिति सम्म निरन्तर घरदैलो नै हुनेछ । यही मंसिर १० गते वडामा सयौ नेता कार्यकर्ता सहित हुने बृहत भेलाको पनि तयारी भईरहेको छ । धेरै कमरेडहरु कार्यक्रमको तयारीमा समेत लाग्नु भएको छ भने हामी निरन्तर भेटघाट, घरदैलो लिएर अघि बढिरहेको अवस्था छ । अब धेरै दिन छैन त्यसैले मुख्य त प्रचार प्रसार नै हाम्रो अहिलेको मुख्य कार्य हो ।

२. प्रचार प्रसारमा व्यस्त छौ भन्नु भयो, कस्तो प्रतिक्रिया पाईरहनु भएको छ मतदाताहरुबाट ?

ड्ड स्वाभाविकै रुपमा जनतामा धेरै आशा रहेको छ । हामी गाउँ सम्म पुग्दा जनताका आशा र भरोसा कति छन् भन्ने भल्किन्छ । मतदाताहरुले समेत मलाई निकै राम्रो उत्साह दिईरहनु भएको छ । म लामो समयदेखि सामाजिक कार्यमा सक्रिय हुदै आएको मान्छे हो, त्यसैले मैले यहाँका जनताको आवश्यकतालाई मध्यनजर गरेको छु । यही रहेको सिद्धार्थ प्राथमिक विद्यालय थियो, त्यहाँ मैले निर्वाचित सदस्यको रुपमा काम गरिसकेको छु । अहिले काँग्रेसका उम्मेदवार पनि निर्वाचनमा हाम्रै प्यानलबाट अध्यक्ष लड्नु भएको थियो । तर उहाँ (काँग्रेस)का उम्मेदवार चुनाव हार्नु भयो । पछि कार्यकाल सकिसकेपछि पनि सबै जना मिलेर अध्यक्ष पद दिएम उहाँलाई । हाम्रो मुख्य प्रतिस्पर्धी हुनुहुन्थ्यो । अहिले जनताबाट के कुरा आइरहेको छ भनेपछि उहाँ (काँग्रेस)का अहिलेका उम्मेदवारलाई विद्यालय चलाउन दिएका कै हो । तर पनि के गरेछ कत्तिको गरेछ । यदि स्कुलमा राम्रो काम गरेको भए उनीहरुलाई भोट माग्न जानै प्रर्थेन । त्यसलै उहाँले स्कूलमा काम गर्दा जनताको मन जित्न सक्नु भएको छैन । अहिले उहाँ कै विषयमा दाँयाबाँया कुरा चलिरहेका छन । उनीहरुले काम गर्ने अवसर त पाए तर काम गर्न सकेनन् । म घरदैलोमा जाँदा धेरै मान्छे भन्छन्, यो त सोझा मान्छे हो । हामीले पनि विद्यालयमा राम्रो काम गरेरै आएको हो, दुई चार रुपैयाँ विद्यालयको लागि बचत गरेरै आएको हो । त्यसैले मलाई लाग्छ, म बच्चपनै देखि एउटा सादु मान्छे हो । जाँड रक्सी केही पनि नखाने । जनताको काममा म पहिले देखि नै लागेको छु । चाहे बच्चा, बृद्ध नै किन नहुन म कसैलाई पनि नराम्रो गर्न सक्दिन । जनताको काममा जस्तो सुकै काममा सहयोय गर्दै आएको छु । उहाँहरु र हामी वीच निकै फरक छ । त्यो वडाबासीले पनि बुझेका छन् । म अघिल्लो पटक तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेको थिए ।

३. भनेपछि त्यति बेला चुनाव हार्नु भयो ?

ड्ड हो मैले हारे । त्यस बेला कस्तो थियो भने जुन पार्टीबाट म चुनाव लडेको थिए । त्यो पार्टीमा कार्यकर्ता नै छैनन् भन्ने थियो । धेरैले तत्कालिन माओबादीका दुई तिन वटा मात्रै माओबादीका घर छन् भन्ने मान्छे थिए । तर पछि मत गन्दा खेरी विपक्षीहरुले भन्थे, हैन यो राम शरनको भोट यतिधेरै किन आयो भनेर । मैले २ सय ७३ मत ल्याएको थिए । र एक सय मत मैैरे बदर थियो । त्यो भोट मेरो त्याग र तपस्या जनता थियो । जनताले स्वत्तस्फुर्त पार्टी नै नभनि दिएका थिए ।

४. वडा नम्बर ६ मा त काँग्रेस बलियो छ भन्छन्, अन्य पार्टी समेत छन्, यहाँ नेकपा नै जित्ने आधार के छ ?

ड्ड जस्तै मैले हिजो पनि काम गरेको छु, र आज पनि ठाउँ ठाउँमा काम गरेको छु । मैले चुनाव हारेर पनि काम गरेको छु जनताको । जस्तै पोल हाल्ने ग्राभेल गर्ने र जनताको समस्या मैले बुझेको छु । यसके लागि त मलाई माग्छ अरुले बोल्छन् म काम गर्छु मेरो फरक यही हो । अर्को मुख्य भनेको देशभर नेकपाको सरकार छ । संघ, प्रदेश र स्थानीय तहमा हामी सरकारमा छौं । त्यसैले हामी जित्छौं । वडा अरुले भागबण्डा गरेपनि केही फरक पर्दैन । मैले जितेभने सकभर स्थानीय तहबाटै र जनताको मन जित्छु । यदि जनताको आवश्यकता अनुसार काम गर्न सकेनछु भने पनि प्रदेश सरकार र संघबाट जनताको लागि सहयोग माग्ने मेरो आधार छ । अहिले देखि नै हाम्रो पार्टीका प्रदेशका मन्त्री र संघका सांसदसँग कुराकानी भइरहेको छ । उहाँहरुले पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मैले जिते भने विकास हुन्छ । अघि नै भने मैले जनताका आवश्यकता बुझेको छु । स्थानीयको रोजगारीको लागि पशु, बाख्रा पालन भैसीपालन, कृषि तर्फ तरकारी व्यवसाय लगायातका विषयमा प्रदेश सरकार सँग साझेदारी गर्छु । अझ मैले यहाँको सुतैयानालामा पार्क निर्माणको लागि सोचेको छु । बृद्धबृद्धाका लागि मनोरञ्जन पार्क बनाउने योजना रहेको छ । सडक पिचको तयारी भईरहेको छ वडामा । मैले घोषणा पत्र मै सबै कुरा उल्लेख गरेको छु । मैले जितेभने सबैकुरा पुरा हुन्छन् ।

५. संघ, प्रदेश र स्थानीय तहमा नेकपा सरकार छ भनिरहनु भएको छ, नेकपालाई त चूनौती त पक्कै होला नी ?

ड्ड अब मलाई लाग्छ चूनौती देख्दिन । किन भने हिजो उनीहरुले जिते । दुई वर्षको अवधिमा केही पनि काम गरेका छैनन् । जनताको माग सुनुवाई गर्न सकेका छैनन् । किन भने पछि वडामा पोल, होम पाईप लगायतका विषयमा कूनै सुनुवाई छैन । मुद्धा परेका परेई छन् । चार–पाँच वर्ष अघि देखिका मुद्धा रहेका छन् । जनताको मागको सम्बोधन नै हुदैन । जनता म कहाँ आउछन । तर मलाई भन्दा मैले तुरुन्तै गरिदिएको छु । मलाई लाग्छ जनताले मलाई यसपटक पार्टी त छदैछ मेरो योगदानको कदर गरेर भएपनि जिताउँछन् ।

६. वडा नम्बर ६, मा मुख्य प्रतिष्पर्धामा दुई जना थारु समुदायबाटै हुनुहुन्छ, तपाईलाई मात्रै किन जिताउने जनताले ?

ड्ड किन भने कामको फरकले । मैले भनेनी आफ्नो कामको बारेमा । ईमान्दारीपुर्वक काम गरेको छु । र मेरो प्रतिष्पर्धी जो छन्, पदमा गएरपनि काम गर्न सकेका छैनन् । ठूलो पदमा गएर पदको कसरी दुरुपयोग भयो । त्यो कुरो त जनताले बुझेका छन् नी, थाहै छ जनतालाई । जनताले कोही सही को गलत देखाउने उपयुक्त, समय यही हो । राम्रो नेतालाई जनता, कार्यकर्ताले गाली पनि गर्दछन्, भोट पनि दिन्छन् । पछि भोट हाल्ने राम्रालाई नै हो । त्यसैले मलाई लाग्छ यसपाली मलाई जनताले जिताउँछन्, मेरो जित सुनिश्चित छ ।

७. मैले जित्छु–जित्छु भनिरहनु भएको छ, यदि तपाईले जिति हाल्नु भयो भने, कति मतान्तरले जित्नु हुन्छ त ?

ड्ड यसो छ पहिला हामी फरक फरक पार्टीबाट चुनाव लडेका थियौ । अहिले अवस्था बिलकुल भिन्न छ । एमाले आफु जित्न लागि रहेको थियो, हामी पनि त्यसरी नै लागेका थियौ । अहिले पार्टी एकता भईसकेको अवस्था छ । हामी सँगै छौ, देशभर नेकपाको सरकार छ । त्यति बेला मेरो प्रतिष्पर्धी श्रीराम थारु थिए । उनको समेत राम्रो साथ छ मलाई यतिबेला । अब के छ भने अहिले तिनै मत धेरै छ । हाम्रो लगभग २ सय मत धेरै छ हाम्रो त्यति धेरै मतान्तरले म (हामी) जित्छौ ।

८. त्यसो भए यस वडामा यसपटक तपाई काँग्रेसको किल्लालाई तोड्नु हुन्छ,विरासत तोडिन्छ काँग्रेसको ?

ड्ड हजुर मजाले त्यो वार्ड हार्छ । किन भनेको जनताले भनिसकेका छन् । यस पटक जसरी भएपनि राम शरन थारु गर्ने मान्छे हो र साधु र इमान्दार मान्छे पनि हो । यो त गरिबको छोरो हो । बईमानी कहिले पनि गरेछैन । कहिल्यै बईमानी गर्ने मान्छे पनि होईन । मैले जिते भने पनि काम गर्न सक्ने आधार धेरै छ । केन्द्रीय सरकारसँग मेरो लिंक समेत छ । सबैले जितको शुभकामना दिन थालिसके । काँगे्रसको विरासत तोड्छु । त्यो निश्चित पनि छ । अब मैले जितेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको छ ।

९. यहाँ थारु समुदायको बाहुल्यता छ, मुख्य समस्या चाँही के हुन्, तपाईले जिति हाल्नु भयो भने सबै समाधान गर्न सक्नु होला ?

ड्ड थारु समुदायको मुख्य समस्या त हेर्नुहोस सिकलसेल एनिमिया रहेको छ । यो थारु समुदायमा हुने वंशाणु रोग समेत हो । मैले के भनेको छु भनेपछि । यही वडामा उपचारको व्यवस्था गर्छु । अहिले सिकलसेल एनिमियाको उपचारको लागि नेपालगञ्ज र कोहलपुर जानु पर्ने अवस्था रहेको त्यो समस्या समाधानका लागि पहल गरिनेछ । अर्को यस वडामा खेल मैदानको समस्या रहेको छ ,खेल मैदान बनाईनेछ । र यही ठाउँमा रहेको सिद्धार्थ आधारभूत विद्यालयलाई माध्यामिक तह सम्म पढाई हुने गराईनेछ । यहाँको विद्युत, खानेपानी र बाँझो जग्गा सिचाई गरी व्यवसाय प्रवद्र्धन गरिनेछ । थारुहरुको पहिचान झल्किने चोक बनाईनेछ । भने अर्कातिर यहाँको समस्या भनेको बेरोजगारी हो । सिममुलक तालिमबाट एक वर्षमा १ सय जनालाई आत्मनिर्भर बनाईनेछ ।

१०. यदि धेरै समस्या छन्, तीन वर्षको अवधिमा समाधान गर्न सम्भव छ त ?

ड्ड मजाले सकिन्छ, किनभने मैले पहिला पनि भनिसके दुई तिहाई सरकार छ, बहुमत छ । हाम्रो त मन्त्रीसँग सम्बन्ध राम्रो छ के । नगरमा नभएको प्रदेश, प्रदेशमा नभएको संघमा मागेर भएपनि विकास गर्ने आधार त छ नि । अब उनीहरु त अल्पमत मै छन् । गर्न सक्ने अवस्था छैन । जितिहाले भने के गर्न सक्छन् र ।

११. तर धेरै प्रतिष्पर्धी छन्, प्रतिष्पधी कमजोर आटे जस्तो सजिलो छैन नि तपाईलाई ?

ड्ड त्यो त हो, तर मैले बुझ्ने कुरो होईन । जनताले सबै कुरा बुझिसक्या छन् । तर पनि पहिला जनताले उनीहरुलाई भोट दिए । केही पनि गर्न सकेनन् । के गर्न सक्छन् पनि । त्यहाँ पनि सवाल छ नि त । मैले बुझ्ने कुरो होईन जनताले बुझ्ने कुरो हो नी । यो त माहोलले पनि देखाउछ के ।

१२. अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ

अन्तमा मतदाताहरुलाई के भन्न चाहन्छु भने, हाम्रो सरकार छ देशभर । त्यसै समग्र वडाके विकासको लागि मेरो मतदान चिन्हमा मतदान गरि अत्यधिक महुमते विजयी गराउन हुन सबै मतदातालाई आग्रह गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार