सुर्खेत ।
सुर्खेतको सिम्ता गाउपालिका ४ नाडगाउकी १६ बर्षिय रेखा खड्काको बलात्कार पछि हत्या भएको छ ।
उनी ९ गते बेलुका घरमा नआए पछि खोजी कार्य भएको थियो ।

१० गते शुक्रबार बिहान ७ बजे घर देखि करिब ४ सय मिटर नजिकको बारिमा बलात्कार गरि उनकै सलले रुखमा झुन्डाएर हत्या गरि भुइमा फालिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाईंले जानकारी दिए।
उनी घर देखि आफ्नो प्रेमी भेटेन गएको रेखाका आफन्तले बताएका छन ।
इलाका प्रहरी कार्यालय छिन्चुले उनको प्रेमी सहित तीन जनालाइ नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ र नियन्त्रणमा लिएका ती ब्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको जानकारी दिएको छ।
प्रकाशित मिति : २०७५ फागुन ११ गते शनिबार









प्रतिक्रिया दिनुहोस्